Saturday 10th October 2026

सर्लाहीमा पानीको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु


तितोपाटी-सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

नागेन्द्र चौधरीको गोल्ड इँटा उद्योगको खाल्डोमा डुबेर स्थानिय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मंगलबार दिउँसोदेखि बेपत्ता बालिकाहरु राती अबेर पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

इँटा उद्योगमा कार्यरत मजदुरले खाल्डोमा जमेको पानीमा बालिकाहरुको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवै मृतकको शव पोष्टमार्टमका लागि राती ११ बजे सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। इँटा बनाउनका लागि माटो निकालेर बनेको खाडलमा जमेको पानीमा बालिकाहरु डुबेको प्रहरीले बतायो। घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

प्रतिकृयाहरू
...