Tuesday 1st September 2026

केटासँग गफ गर्दागर्दै आमालाई देखेपछि भागेकी युवतीको छतबाट लडेर मृत्यु


एउटै घरमासँगसँगै डेरा गरेर बस्ने केटासँग गफ गर्दैगर्दा आमा अाइपुगेपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका १३ स्थित एउटै घरमा डेरा गरी बसेकी भारत जडियाकी १६ वर्षीया कमला यादव शुक्रबार सिरहा घर भएका १७ वर्षीय मुकेश पासवानसँग गफ गर्दै थिइन्। त्यही बेला उनले आमा देखिन्। आमाले उनलाई देखेर्कै थिइनन्। आमाले नदेख्दै भाग्ने क्रममा लडेर गम्भीर घाइते भएकी कमलाको शनिबार उपचारका क्रममा निधन भएको हो।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार घरको छतबाट खसेर घाइते भएकी कमलालाई उपचारका लागि कोसी अञ्चल अस्पताल भर्ना गरिएको थियो। शनिबार राति उनको अस्पतालमै मृत्यु भएको हो।

प्रहरीले कमलासँग गफ गर्ने पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।


सम्बन्धित शीर्षकहरु

चीनका राष्ट्रपति सी चिनफिङ र मंगोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखबीच भेटवार्ता भएको छ। भेटमा दुवै देशले आपसी मित्रता र सहकार्यलाई अझ…

अमेरिका र इरानबीच फेरि तनाव बढेपछि विश्व बजारमा तेलको मूल्य बढ्न थालेको छ। अमेरिकाले इरानको एक सैन्य स्थलमा आक्रमण गरेपछि…

इरानी राष्ट्रपति मसुद पेजेस्कियानका छोरा युसेफ पेजेस्कियानले इरानको अस्तित्व युरेनियम संवर्धनमा निर्भर नरहेको बताएका छन्। उनले युरेनियम संवर्धन जारी राख्ने…

प्रतिकृयाहरू
...