जयनारायण थारु माझी – जल:- हाम्रो देशमा ४८ हजार मेघावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता भएको नदिनालाहरु छ। हामिले ती नदिहरुको भरपुर प्रयोग गरि हामिले नेपाललाई समृद्ध राष्ट्र बनाउन सक्छौ। हामिले नेपालमा भएका ती ४८ हजार मेघावाट बिजुली मात्रै उत्पादन गर्न सक्यौ भने हामी नेपालिहरुलाई जीवन भरी बसिबसी खान पुग्छ भनेर एक सैद्धान्तिक अध्यनले प्रमाणित गेरेको छ।त्यसै गरि नेपालको तराई फाटमा भएको मलिलो माटोहरुमा ती नदिनालाहरुमा भएको पानीलाई कुलेखानीको आयोजना बनाएर ती तराई फाटका जमिनहरुलाई सिचाई गरि कृषिमा आधुनिकिकरण गरि नेपाललाई खाद्यान्नमा आत्मानिर्भर भै परर्निर्भताको बाटोलाई समाप्त पार्न सक्छौ।
जमिन:- हाम्रो देश नेपाल क्षेत्रफलको हिसाबले विश्व मानचित्र मा निकै नै सानो राष्ट्र हो , जसको कुल क्षेत्रफल १लाख ४७ हजार १ सय ८१ बर्ग किलोमिटर छ । जुन विश्व मानचित्र मा ९३ औ स्थान मा पर्छ । तर पनि नेपाल को भौगोलिक बनावट एकदम सुन्दर छ , हिमाल पहाड तराई तिन भागले सु- सज्जित छ । हिमाल को कयौ जिल्लाहरुमा स्याउ उत्पादन गर्नको लागि सम्भावना युक्त स्थान छ ,जसलाई विज्ञलाई खाटाएर सम्भावना युक्त ठाउहरुमा कृषिमा आधुनिकिकरण गरेर स्याउ उत्पादन गरेर बिश्व बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ । हिमालको बाकि जमिन जहा खाद्यान्न उत्पादन गर्न सकिन्न त्यस ठाउमा ठुलो ठुलो पर्यटकिय स्थल , रमणिय पार्कहरु बनाएर सदुपुयोग गर्न सकिन्छ । पहाडि जिल्लाहरुमा सम्भवाना नै सम्भावना छ । जहा जडिबुटि देखि लिएर सुन्तला खेति , कोदो फाफर , अलैचि खेतिलाई आधुनिकिकरण गरे कृषिमा क्रान्ति गरि उत्पादन लाई बढाई जनतालाई आत्मनिर्भर बनाउन सकिन्छ । तराईको त कुरै नगरौ , जहा चराले खाएर हगि दियो भने पनि बिरुवा उम्रीन्छ । धान देखि लिएर गहु , उखु , केरा , तोरि , अदुवा लसुन आलु सबै चिज उत्पादन गर्न सकिन्छ तर आज हजारौ हजार जमिन बाजो छ । किसान निरास छन , समय मा खाद मल बिउबिजन पाईदैन । यि सब कुराहरु लाई नियन्त्रण नियन्त्रण गर्ने त छन तर बहिरो र अन्धो भएर बसेका छन । नेपालको जमिन लाई सहि सदुपयोग गरेर अन्तर्राष्ट्रिय बजार सम्म हाम्रो उत्पादन पुर्याउन सक्यौ भने समृद्धिको अर्को आधार शिला खडा हुन्छ ।
पर्यटन:- नेपाल पर्यटकहरुको मुल गन्तव्य थलोको रुपमा चिनिदै आइरहेको छ। नेपालको दस बर्षे जनयुद्धले गर्दा पहिले पर्यटकहरुले नेपाल घुम्न आउन छाडिसकेका थिए तर नेपालमा जब जनयुद्ध समाप्त भयो त्यस पछि नेपालले पर्यटकमा केही खुड्किलाहरु हासिल गरिसकेका छन । र अझै हासिल गर्ने क्रम जारी नै छ । त्यसो भएको हुनाले नेपाललाई बिस्वकै एक पर्यटकीय स्थलको रुपमा स्थापना गरि नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ। विभिन्न तथ्य र अनुसन्धानहरुले बताइसकेको छ कि नेपालमा पर्यटनको निकै ठूलो सम्भावना छ । त्यसको पहल विभिन्न सघ – सस्था तथा गैर सरकारी सस्थाहरुले गरिरहेको छ। नेपाल पर्यटकहरु घुम्नै पर्ने एक स्थल हो किन कि नेपाल संसारकै एक प्रकृतिले भरिपुर सुदर देश हो । जहाँ हिमाल,पहाड र तराई जस्तो ठाउँ मिलेर बनेको छ। यहा सन्सार भरिकै सबै हावापानीको अवलोकन गर्न सकिन्छ किन कि हिमाली भेगको चिसो हावादेखि तराई सम्मको तातो हावाहरुको बनावट रहेको छ। त्यसैले पर्टनले गर्दा आगामी दिनहरुमा नेपाल एक समृद्धि र समृद्धशाली राष्ट्रको रुपमा चिनिन सक्छ ।
जनशक्ति:- भनिन्छ नि कुनैपनि देशको दुर्गति , दुर्दशा ,पछोटेपन , अबिकास हुनुमा त्यसको जिम्मेवार जनशक्ति नै हुन्छ तर यि सबै कुरा लाई चिर्दै मुख्य अभिभारा दक्ष जनशक्तिको नै काधमा हुन्छ । देशको युवा जनशक्ति एक भएर काध मा काध मिलाएर लाग्यो भने तमाम बिकृति बिसङ्गति , भ्रस्टाचार ,माफिया तन्त्रको अन्त्य गर्न सकिन्छ । तर हाम्रो देशको वर्तमान आवस्था हेर्ने हो भने युवा दक्ष जनशक्ति दिनानुदिन १५ सयको हाराहारिमा बिदेशिनु बाध्य छन भने कोहि युवाहरु हातमा डिग्रीको प्रमाणपत्र र पास्पोर्ट बोकि बिदेशि दुतावासमा धाउदै छन । बिदेश जानको लागि आखिर हामि देशमा श्रमको सम्मान नपाएर, हाम्रो योगयताको कदर नभएर ,रोजगारिको सृजना नभएर नै हामि युवा जनशक्ति दिनप्रतिदिन बिदेशिएका छौ । यस्तै हो भने अब हाम्रो देश बृद्धा आश्रममा परिनत हुदैछ । यसको जिम्मेवार को त……? नदिको किनारामा ढुङ्गा फुटाउने या खेतमा हलो जोत्ने किसान या नेपालि झण्डा फरफराउदै हिड्ने ब्यक्तिहरु देशको हरेक अङ्गमा अस्तब्यस्त , प्रवाभकारि ब्यवस्थापनको कारण , रोजगारी नपाउनुको कारण युवालाई बाध्य बनाएको छ झोला झिम्टि बोकेर ठुलो चिल चढेर परदेशी हुन । यदि नेपालको वर्तमान सरकारले बन्द भएको ठुलो ठुलो उद्योगहरु पुन सन्चालनमा ल्याएर , बैदेशिक लगानि नेपालमा भित्र्याएर नया – नया आधुनिक उद्योग स्थापना , प्रविधिमा बिकास गरेर हाम्रै देशमा रोजगारि सृजना गरेर दक्ष जन शक्तिलाई रोक्न र बिदेशबाट सिप सिकेर नेपाल फर्किएका युवाहरु लाई सस्तो र सुलभ ऋणको व्यबस्था गरेर र विदेशिएका युवालाई आफ्नै देश फर्काउने अभियान चलाएर आफ्नै माटोमा केहि गर्ने बातावरण बनाए हाम्रो देश बिकास र समृद्धि हुन एउटा अर्को खुड्किला पार गर्नेछ ।
जंगल:- नेपालमा एउटा भनाई निकै प्रख्यात छ त्यो हो” नेपालको धन हरियो बन” साच्चै भन्नू पर्दा नेपालको जङ्गलमा भएका विभिन्न जडिबुटीहरुलाई सङकलन गरि त्यसबाट हामिले विभिन्न रोगहरुको उपचारका लागि हामिले प्राकृतिक जडिबुटी औषधि उत्पादन गरि हामिले बिस्वभरिका विभिन्न देशहरुमा निर्यात गरि देशलाई समृद्ध राष्ट्र बनाउन सकिन्छ। नेपालमा बिस्वभरि नै नपाइने बहुमुल्य जडिबुटीहरु पाइन्छ । हामिले ती जडिबुटीहरुको ब्याबसायिक रुपमा खेती गरि त्यसबाट अत्याधिक रुपमा आधुनिक प्रकारले विभिन्न रोगहरुको उपचारका लागि हामिले विभिन्न प्रकारका औषधिहरुको निर्माण गर्न सक्छौ र नेपाललाई एक समृद्ध राष्ट्र बनाउनमा ठूलो टेवा पुर्याउन सक्छौ । त्यसै गरि नेपालको बन जङ्गलमा भएका विभिन्न प्रकारका रुखहरुका अध्ययन र अनुसन्धान गरि त्यसको पहिचान गरि ती जङ्गलमा दिननुदिन अरबौ र खरबौ पर्ने काठहरु नेपालको जङ्गलहरुमा त्यतिकै खेर गैरहेको छ । ती काठहरुलाई काटेर निकाली त्यसबाट हामिले हाम्रो दैनिक जिबनमा प्रयोग हुने सामानहरु बनाई हामिले त्यसबाट पनि समृद्ध हासिल गर्न सक्छौ ।
राजनितिक:- हाम्रो देश नेपाल एउटा सार्वभौम सम्पन्न मुलुक जो अहिले कुनै देशको उपनिवेश ,हामि आदि अनादिकाल देखि स्वस्तन्त्र रहयौ तर पनि हाम्रो देश आज सम्म बिकास र समृध्दि हुन सकेन । यो कुरा प्रत्येक मानिसमा मुख्य प्रश्न बन्नेछ, वर्तमान अवस्थामा । हाम्रो देश नेपाल कसैको उपनिवेश नभएपनि आन्तरिक राज्य ब्यवस्थाबाट नेपालि जनता सधै नै आफ्नो हक अधिकार बाट बन्चित रहे । ति हक अधिकार प्राप्त गर्नको लागि बिभिन्न काल खन्डमा नेपालमा आन्दोलन भए र आज नेपालमा राज्य सत्ताको ब्वस्था परिवर्तन त भयो तर जनता को अवस्था परिवर्तन भएन ,आखिर किन भएन त जनताको अवस्था परिवर्तन ? देशको शासन सत्तामा पुगेकाहरु दिन प्रतिदिन भ्रष्टाचारको दल दलमा फस्नु ,चुनावको बेला बेफुजुल आश्वासन दिनु , कुर्सीमा पुगे पछि आफ्नो आसेपासे लाई पोस्नु , आफ्नो निहित मात्र कार्य गर्नु , जनाताको हक अधिकार लाई सुनिश्चिता बारे कहिले न सोचनु नै हाम्रो देश नेपालको जनाताको दुर्भाग्य बनेको छ । राजनितिक त एउटा बिशुद्ध समाज र देश सेवा गर्ने उत्तम माध्यम हो । राजनीतिक प्रकृया बाट नै समस्त उत्पीडनमा परेको लाई समान अधिकारको प्रत्याभूत गराएर मात्र हुन्छ । देश र जनताको मौलिक अधिकार को सुनिश्चित हुन्छ तर हाम्रो नेपालमा यसको ठिक बिपरित परिभाषित भएको छ । त्यसैले राजनितिक लाई निष्पक्ष सुशासनले मात्र जनता र देशको सेवामा लाग्यो भने हाम्रो देश समृध्दि र बिकास हुन कत्ति पनि समय लाग्दैन ।