Wednesday 22nd July 2026

वैदेशिक रोजगारीमा गएका महिलासँगै भित्रिन्छन् शिशु


तिताेपाटी – पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता (नाम परिर्वतन) को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ ।

आजको नागरिक दैनिकमा खबर छ – घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई । वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ? १० कक्षासम्म अध्ययन गरेकी उनको चाहना सकेसम्म स्वदेशमै केही गरौँ भन्ने थियो । स्वदेशमा बस्दा चाहाना पूरा हुन नसकेपछि ६ वर्षअघि उनको साहारा बनेको थियो वैदेशिक रोजगार ।

त्यही वैदेशिक रोवगार उनको लागि ‘ताँवाको माछो भुङ्ग्रोमा….’ परे जस्तै भएको छ । त्यो पनि दुई वर्षलाई होइन, जिन्दगीभरिलाई । आर्थिक अवस्था सुधार गर्न भन्दै विदेश गएकी २७ वर्षीय कवितको वैदेशिक रोजगारीको आर्थिक अवस्था सुधार गुर्नको साटो साहुले जवरजस्ती करणी गरी जन्मेको सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या थपिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

भारतको उत्तरपूर्वी सीमासँग जोडिएको बंगलादेशको सिलहट क्षेत्रमा अमेरिका र बंगलादेशले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। दुवै देशले यो अभ्यासलाई…

प्रतिकृयाहरू
...