Sunday 10th August 2025

सीके राउतलाई सरकारले कारबाही गर्नुपर्छः : कमल थापा


तीतोपाटी-रापपाका अध्यक्ष कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् ।

मंगलबार बुटवलमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए ।

सरकारले विखण्डनलाई स्वीकार गरेर सहमति दाबी गर्दै थापाले सहमति कसको शक्ति र प्रेरणाले भयो भन्दै प्रश्न समेत गरे ।

 ‘देशमा सानै भएपनि विखण्डनकारी तत्व सल्बलाएको छ, सहमति आफैँमा विरोधाभाष,अमूर्त, विवादित र रहस्यमय छ’, तत्कालीन माओवादीपनि सानै थियो, यो मुद्दा बेलैमा नटुंग्याए कालान्तरमा द्वन्द्व हुनसक्छ ।  उनले विखण्डनको मुद्दा बोक्ने राउतलाई सरकारले कारबाही गर्नुपर्ने पनि बताए ।

नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबी गरे ।


सम्बन्धित शीर्षकहरु

बेरुत: पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा सिरिया जाँदै गर्दा प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र उनका अंगरक्षक सहित धेरै व्यक्तिको…

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण…

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

प्रतिकृयाहरू
...