Friday 27th March 2026

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट


तीतोपाटी-वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको बसुन्धारस्थित घरमा शुक्रबार राति ७:४० बजे अज्ञात समूहले  बम विस्फोट गराएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अहिले यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेकाे बताएकाे छ । साथै अनुसन्धान सुरु गर्ने बताएकाे छ । घरमा पार्किङ गरेर राखिएको कारमा र बम विस्फोट गराउँदा गुरुङको घरको सटर भाडा लिएर बसेका मणिराम पौडेेल घाइते भएका छन् । पौडेलको टाउकोमा चोट लागेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

शक्तिशाली बम विष्फोटबाट गुरूङसहित अन्य दुईजनाको घरमा क्षति पुगेको छ । बम विस्फोटपछि ती घरका शिशाहरु फुटेका छन् । शक्तिशाली आवाजसहितको विस्फोटले स्थानीयबासी त्रसित भएका छन् ।

विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रहरीका अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।

उक्त घरमा अध्यक्ष गुरुङको टप जब्स मेनपावर र वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको सुनगाभा ओरियन्टेसन रहेको छ ।

अध्यक्ष गुरुङले ७ बजेर ४० मिनेटमा विस्फोट भएको बताए । ‘ विस्फोट भएको ५-७ मिनेटमा आगोको मुस्लो गयो । आगोको धुवाँ निस्कने गरी आगो लाग्यो’, गुरुङले भने, ‘छिमेकीको सहयोगमा आगो नियन्त्रण्मा आयो । आज दिनभरि गाडी घरमा नै राखेको थिएँ ।’

गुरुङका अनुसार गाडी पार्किङ गरिएको ठाँउमा ग्यासको सिलिण्ड नराखिएकाले सुनियोजितरुपमाा सिलिन्डर बम विस्फोट गरिएको हो । सिलिन्डरका टुक्रा घरको चार तलामाथिसम्मको ढोका उछिटिएर छिरेका थिए ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘एक्कासी आवाज आएपछि बाहिर हेर्दा मेरै ग्यारेजमा रहेको गाडीबाट धुवाँको मुस्लो देखे’, उनले भने, ‘तल आएर हेर्दा गाडी जलिरहेको थियो । यहाँ ग्यास सिलिन्डर होइन बम नै पड्काइएको हो । यहाँ कसैले पनि सिलिन्डर राखेको थिएन ।’

साभार अन्नपूर्ण


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...