Wednesday 24th June 2026

विदेश जाँदा ऋणको भारी, फर्किदा बिमारको भारी


तीतोपाटी- घर–वास समेत आफ्नो नभए पछि साहु-महाजनसँग हात जोडेर ऋण काढ्दै विदेश गएको थिएँ तर त्यो ऋण तिर्न नपाउँदै नसा सम्बन्धि रोगले थला परेपछि पैसा कमाएर आउँछु भन्ने सोचेको मान्छे उल्टै र ऋण बिमारको भारी बोकेर फर्किनुपर्यो।’ यस्तो पीडा सुनाउँदै थिए बाग्लुङ्ग बरेङ्ग गाउँपालिका निवासी २८ बर्षिया नरबहादुर परियार।

सो गाउँपालिका-३, बाटाकाचौर कुडहरा गाउँका उनी २ बर्षअघि वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थिए। ६ महिनाअघि घर आएका परियारलाई स्वदेश आएपछि डाक्टरलाई जचाउँदा क्यान्सर लागेको पत्ता लाग्यो।

सम्पत्तिका नाममा चार-पाँच डोका मकै फल्ने बारी भएका उनी यतिबेला गाउँमा चन्दा उठाएर औषधी उपचारका लागि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा त पुगेका छन् तर उपचारका लागि आवश्यक खर्च नहुँदा अलपत्र परेको बताउँछन्।

‘घरमा आमा, श्रीमती, ३ छोरी र १ छोरा छन्, आमा र श्रीमतीले गाउँमा निमेक मजदुरी गरेर बिहान बेलुकाको गुजारा चलाएका छन्, उनीहरुको पालनपोषणका लागि पनि म बाँच्न चाहन्छु’, उनले गला अवरुद्ध पार्दै भने, ‘सबैले जति सक्नुहुन्छ, सहयोग गरेर मलाई बचाई दिनुस्।’

उनको वडा कार्यालयले सबैसँग सहयोगका लागि सिफारिसपत्र दिएको छ। गाउँवासीहरु सहयोगका लागि सामाजिक सञ्जाल मार्फत अभियान छेडे पनि खासै सहयोग जुट्न नसकेका कारण सञ्चारमाध्यमको सहारा लिनुपरेको उनकी छिमेकी तथा शान्तिपुर स्थित चक्रेश्वर इङ्गलिस बोर्डिङ्ग स्कुलकी शिक्षक सम्झना क्षेत्रीले बताइन्।

साभार ओझेलको खबर


सम्बन्धित शीर्षकहरु

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

प्रतिकृयाहरू
...