Sunday 25th October 2026

विदेश जाँदा ऋणको भारी, फर्किदा बिमारको भारी


तीतोपाटी- घर–वास समेत आफ्नो नभए पछि साहु-महाजनसँग हात जोडेर ऋण काढ्दै विदेश गएको थिएँ तर त्यो ऋण तिर्न नपाउँदै नसा सम्बन्धि रोगले थला परेपछि पैसा कमाएर आउँछु भन्ने सोचेको मान्छे उल्टै र ऋण बिमारको भारी बोकेर फर्किनुपर्यो।’ यस्तो पीडा सुनाउँदै थिए बाग्लुङ्ग बरेङ्ग गाउँपालिका निवासी २८ बर्षिया नरबहादुर परियार।

सो गाउँपालिका-३, बाटाकाचौर कुडहरा गाउँका उनी २ बर्षअघि वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थिए। ६ महिनाअघि घर आएका परियारलाई स्वदेश आएपछि डाक्टरलाई जचाउँदा क्यान्सर लागेको पत्ता लाग्यो।

सम्पत्तिका नाममा चार-पाँच डोका मकै फल्ने बारी भएका उनी यतिबेला गाउँमा चन्दा उठाएर औषधी उपचारका लागि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा त पुगेका छन् तर उपचारका लागि आवश्यक खर्च नहुँदा अलपत्र परेको बताउँछन्।

‘घरमा आमा, श्रीमती, ३ छोरी र १ छोरा छन्, आमा र श्रीमतीले गाउँमा निमेक मजदुरी गरेर बिहान बेलुकाको गुजारा चलाएका छन्, उनीहरुको पालनपोषणका लागि पनि म बाँच्न चाहन्छु’, उनले गला अवरुद्ध पार्दै भने, ‘सबैले जति सक्नुहुन्छ, सहयोग गरेर मलाई बचाई दिनुस्।’

उनको वडा कार्यालयले सबैसँग सहयोगका लागि सिफारिसपत्र दिएको छ। गाउँवासीहरु सहयोगका लागि सामाजिक सञ्जाल मार्फत अभियान छेडे पनि खासै सहयोग जुट्न नसकेका कारण सञ्चारमाध्यमको सहारा लिनुपरेको उनकी छिमेकी तथा शान्तिपुर स्थित चक्रेश्वर इङ्गलिस बोर्डिङ्ग स्कुलकी शिक्षक सम्झना क्षेत्रीले बताइन्।

साभार ओझेलको खबर


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स…

प्रतिकृयाहरू
...