Tuesday 25th November 2025

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबै यात्रुको निधन


तीतोपाटी- ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार  पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सबै यात्रुको निधन भएको छ ।

दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे सवार रहेका थिए ।

हेलिकप्टरमा सवार भनिएका विरेन्द्र बूढाथोकी भने विमानमा सवार नरहेको प्रारम्भिक जानकारी आएको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

प्रतिकृयाहरू
...