Sunday 17th May 2026

नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकालाई  ४० हजार भन्दा बढीको खाद्यान्न सामाग्री  सहयोग


तितोपाटी – वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत परदेशी खबरका प्रधान सम्पादक नैनकला राई लगायत माया साम्पाङ राई, बैजन्ति राई, बेलायत नागरिक अफिसर ट्रेसी डेम्पसटर र नेपाल बासिन्दा आफ्न्त जेसिका थुलुङ राईले रुपमा रक़म जम्मा गर्दै समाजसेवि एवं पत्रकार राई आफ्नो छोटो छुट्टिको समयमा  राजधानीको नयाँ बानेश्वोर संगम चोक स्थित नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई लगभग ४० हज़ार रकमको चामल, दाल, तेल, लुगा धुने पाउडर साबुन र चाउचाउ जस्ता अत्यावश्यक समाग्री खाद्यान्न  राईकी ममतामयी आमा उमासरी राईको हातबाट प्रदान गरेका छन्। राई यो भन्दा २ बर्ष पहिले पनि यहि संस्थामा ब्यक्तिगतरुपमा खाद्यान्न  र लत्ताकपडा बितरण गरेका थिए।

२०६४ मा स्थापना भएको नयाँ नेपाल समाज केन्द्रमा संचालक कृष्णराज गुरुङका अनुसार सुरुवातमा ११ जना बालबालिका रहेको र अहिले ६० जना बालबालिकालाई केन्द्रमा राखेर नर्सरीदेखि कक्षा SEE सम्मको अध्ययन  गराइरहेको बताएका छन् ।

संचालक गुरुङ  ओखलढुंगा रावाडोलु गाबिसमा कार्यरत रहेको शिक्षकको पेशालाइ बिट मारेर राजधानीको पशुपति क्षेत्रमा ब्यबसायिकको रुपमा क्याफेको संचालन गर्दै आएका गुरुङको मन व्यापार भन्दा पनि गरिब अनाथ बालबालिकाहरु कठ्यांग्रिने जाडोमा पनि थोत्रो मैलो फाटेको कपडा र खाली खुट्टामै आएर मागेर खाएको देख्दा उनको मनलाइ थाम्न सकेकन र यस्ता अनाथ बालबालिकाहरुको लागि केहि गर्नु पर्छ भन्ने भावना जागेर आयो । यस भावनालाई जिवान्त राख्दै अन्ततः क्याफे बिक्रि गरेर यस्ताखाले पुण्य कामका लागि श्रीमती लगाएत केहि सहयोगी साथीहरुको सहायतामा १३ जना बालबालिकाहरुलाई जम्मा गरि सुरु गरेको बताए। जुन सुरुवाती अवस्थामा कानुनी रुपमा स्थापना गर्नु र तिनका पालन पोषण गर्नुका लागि ठुलै संघर्ष गर्दै विभिन्न खालका चुनौतीहरुलाई पार गर्दा घर दैलोमा पुगेर खाद्यान्न  जुटाएको पनि स्मरण गरेका थिए ।

केन्द्रमा रहेका बालबालिकालाई स्थानीयवासी लगाएत मनकारी सहयोगी दाताहरुको सहयोग र पठन पाठनको लागि केहि छुटका साथ विद्यालयबाट र सहयोगबाट चल्दै आएको केन्द्रमा उहाँले गर्नु भएको त्यागको उदाहरणीय कामले समाजमा ठुलो परिवर्तन ल्याउनमा अतुलनीय भूमिका रहने छ भन्ने बुझाइका साथ यस्ताखाले सर्हानिय कामलाई केहि टेवा पुगोस र बालबालिकाहरुको उज्वल भविष्यको पनि कामनाका साथ केन्द्रमा रहेका बालबालिकाहरुलाई साथिहरुसंग मिलेर सहयोग गरेको बताएका छन्।

परदेशको भुमिमा पनि सकृय भइ लागि पर्नु भएकी राईले छोटों छुट्टिको समयलाइ सदुपयोग गर्दै यो बर्ष जस्तै हरेक पल्ट नेपाल छुट्टि आउदा यस्ता सहयोग गर्दे आउने क्रममा बिगत ३ बर्ष पहिले पनि काठमाणडौको मनमैजु स्थित एकीकृत समाजका अनाथ बालबालीकाहरुलाइ खाद्यान्न साथ केहि स्पोर्ट टि-सर्ट बितरण गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...