नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले औपचारिक रूपमा सुरु हुनुअघि नै काम थालेको छ र हाल मुख्यालयबाटै अनुसन्धान भइरहेको छ।
भारतको मणिपुरबाट उद्दार गरिएका १७९ नेपालीको घटनाको अनुसन्धानको जिम्मा ब्यूरोलाई दिइएको छ। उनीहरूलाई म्यानमार हुँदै इराक लैजान खोजिएको थियो।
उद्दार गरिएका व्यक्तिहरूलाई विभिन्न संस्थामा राखी मनोसामाजिक परामर्शपछि बयान लिने तयारी गरिएको छ। यस घटनामा संलग्न आरोपमा केही व्यक्तिहरू पक्राउ परेका छन्। साथै, साइबर क्राइम ब्यूरो चाँडै भोटाहिटीमा सञ्चालन गर्ने तयारी भइरहेको छ।