Tuesday 23rd June 2026

प्रधानमन्त्री र पार्टीले हटाउनु पर्दैन, म आफैँ हट्छु : मन्त्री खनाल


तीतोपाटी-कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने बताएका छन् ।

मन्त्रिमण्डल फेरबदल हुनु कुनै नौलौ कुरा होइन, राम्रो काम गर्न नसके स्वयम् आफैं पनि हट्नुपर्छ । मेरो हकमा भन्नुहुन्छ भने प्रधानमन्त्री र पार्टीले हटाउनुपर्दैन, राम्रो काम गरेको छैन भने म आफै मन्त्री पदबाट हट्छु’ मन्त्री खनालले भने ।

जुनसुकै पार्टीको सरकार सत्तामा आएपनि टिकाटिप्पणी हुनु स्वभाविक भएको भन्दै उनले प्रतिपक्षले सरकारले गरेका काममा आलोचना हुने कुरा अपेक्षाकृत भएको भन्दै पार्टी पङ्तिमा सरकारको राम्रो कामको प्रचार गर्ने, तर भित्र आलोचना गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले बिहीबार गरेको पत्रकार सम्मेलनमा मन्त्री खनालले सरकारले कृषि, पर्यटन, उर्जालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढेको दावी गरे ।

मन्त्री खनालले भने, ‘सरकारले अहिले केहि मन्त्रालय र केहि कामलाई प्राथमिकता दिँदा कृषिमा राम्रो योजना बनाएका छौँ, त्यो कार्यान्वयन हुन् केहि समय लाग्छ ।’

उनले अर्घाखाँची जिल्लालाई कृषि क्षेत्रको विकासको लागि कागती खेती, बोयर बोका, दुग्ध उद्योगलाई व्यबस्थित गर्न  मास्टर प्लानसहित अगाडि बढेको भन्दै मेलम्ची सिक्टा जस्ता  आयोजनाको विवाद सकिएको बताए ।

 ‘सरकारले राष्ट्रिय गौरवका आयोजना अगाडी वढाएको छ, रेल, पानी जहाज लगायतका योजना अगाडी सार्दा नकारात्मक टिप्पणी आएपनि प्रक्रियामा गएपछि १० वर्षभित्र नेपाली जनताले महशुस गर्नेगरी रिजल्ट आउँछ’ उनले भने ।

साभार- रातोपाटी


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...