Wednesday 26th August 2026

“हेरिटेज पेजेन्ट २०१९” मा नेपाललाई पनि अवार्ड


तितोपाटी – सिंगापुरको ब्युटी वर्ल्डस्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा सञ्चालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस् २०१९ को ग्रान्ड फिनालेमा पर्सनालिटी र मिस एथनिकको अवार्डसहित सेन्ट्रल एसियाकी गुल्बानो माडियारोभाले मिस हेरिटेज इन्टरनेसनल २०१९ को मुख्य उपाधि चुमेकी छन्। प्रतियोगितामा मिसतर्फ नेपालकी सहभागी अदिति श्रेष्ठलाई मिस फोटोजेनिकसहित फोर्थ रनर अपको अवार्ड प्राप्त भएको छ। प्रतियोगितामा फिलिपिन्सकी म्यारी किम्बर्ली कगापे फस्ट रनरअप, केन्याकी शिला अकिन्यी उडिडा सेकेन्ड रनरअप तथा जिम्बाब्वेकी सान्ड्रा डिजवानी थर्ड रनरअप चयन भए।

मिसेस हेरिटेज इन्टरनेसनल २०१९ तर्फ भने मिसेस ट्यालेन्ट र पर्सनालिटी अवार्डसहित भारतकी विद्याकिरण घारेले उपाधि चुम्न सफल भइन्। जाम्बियाकी पेसन्स माकुन्गुले फस्ट रनरअपको उपाधि जित्दा नेपालको तर्फबाट मिसेस विधामा सहभागी दुर्गा विसुराल सेकेन्ड रनरअप बन्न सफल भइन्। दुर्गाले प्रतियोगितामा पिस ड्रेससहित पिस एम्बेसडरमा सेकेन्ड रनर अप तथा मिसेस एथ्निकतर्फ फस्ट रनरअप स्थान हात पारेकी थिइन्।

ई प्लानेट प्रालिको आयोजनामा भएको प्रतियोगिता सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा सञ्चालन भएको थियो। प्रतियोगितामा नेपालका रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए।

प्रतियोगिताको अन्य उपाधिमा मिसतर्फ कजाकस्तानले बेस्ट बडी, क्यामरुनले बेस्ट नेसनल हेरिटेज डे«ेस र काइन्डनेस एम्बेसडर, जिम्बाब्वेले बेस्ट कल्चरल ड्रेस र कल्चलर एम्बेसडर, फिलिपिन्सले ट्यालेन्ट, कन्जिनियल र पिस एम्बेसडर, नाइजेरियाले बेस्ट पिस ड्रेस र बेस्ट क्याटवाक, केन्याले टुरिजम एम्बेसडर, युगान्डाले इन्भाइरोमेन्ट एम्बेसडर, सिंगापुरले एलिगेन्स अवार्ड प्राप्त गरेका थिए।

मिसेसतर्फ जाम्बियाले बेस्ट कल्चरल ड्रेस, मिसेस फोटोजेनिक र क्विन अफ हार्टस्, सिंगापुरले मिसेस डिलिजेन्ट तथा थाइल्यान्डले मिसेस क्याटवाक र मिसेस नेसनल हेरिटेज ड्रेस अवार्ड जित्न सफल भएका थिए। कार्यक्रममा म्यानमारकी नान खान वाईलाई मिस प्लस साइज हेरिटेज डायमन्ड र भारतकी मानसी डिघेलाई मिस प्लस साइज हेरिटेज रुबीको ताज पहिर्‍याइएको थियो।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...