Sunday 6th September 2026

धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपाको ज्ञापन


तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

राप्रपा अध्यक्ष कमल थापा नेतृत्वको टोलीले मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गर्नुपर्ने तथा पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको हो।

राप्रपाले संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह पनि माग गरेको छ। २२ बुँदे ज्ञापन पत्र बुझाउँदै राप्रपाले सर्वोच्च अदालतको आदेश अनुरुप एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकर लगायत सबै कर असुली गर्न तथा करछली प्रकरणमा संलग्न सबैलाई कानुन बमोजिम कारवाही गर्न माग गरेको छ भने ३८ क्वीन्टल तथा ३३ किलो सुन तस्करीको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले सरकार जनजीविकाका मुद्धामा गम्भीर रहेको बताए। भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भ्रष्टाचारीहरुलाई कारवाहीको दायरा ल्याउने उनले बताए। राप्रपा अध्यक्ष थापाले विदेशमा लुकाएर राखिएका कालोधन देशभित्र ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गरी कारवाही गर्न माग गरे।

मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने, वाइडबडी जहाज प्रकरण छानविन हुनुपर्ने लगायतका माग पनि उनले गरे। राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्ती र प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिनुपर्ने माग पनि गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...