Tuesday 20th January 2026

बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १६ घाइते


तितोपाटी – बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर-धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अरू १६ जना घाइते भएका छन् भने घाइते मध्ये ७ जनाको अबस्था गम्भिर रहेको बुझिन अाएको छ ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धाैले जोशी रहेका छन् ।

चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुर माथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ जनाको अब्था गम्भिर रहेको छ ।

घाइतेको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको र गम्भिर घाइते ५ जनालाई उपचारको लागी धनगढी पठाइएको छ। दुर्घटना आइतबार साँझ भएको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...