Sunday 17th May 2026

बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १६ घाइते


तितोपाटी – बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर-धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अरू १६ जना घाइते भएका छन् भने घाइते मध्ये ७ जनाको अबस्था गम्भिर रहेको बुझिन अाएको छ ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धाैले जोशी रहेका छन् ।

चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुर माथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ जनाको अब्था गम्भिर रहेको छ ।

घाइतेको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको र गम्भिर घाइते ५ जनालाई उपचारको लागी धनगढी पठाइएको छ। दुर्घटना आइतबार साँझ भएको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...