Sunday 13th July 2025

विन्डोज ८ पछिका अपरेटिङ सिस्टम भएका डेस्कटप र ल्यापटपलाइ कसरी छिटो खुल्ने बनाउने ?


तितोपाटी – सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने यस्तो छ :

१. फास्ट बुट अप्सन अन गर्नुहोस्

विन्डोज ८ पछिको संस्करणहरुमा फास्ट बुटको अप्सन राखिएको छ । यसका लागि विन्डोजको Control Panel खोल्नुहोस् । यस पछि Hardware and Sound (हार्डवेयर एण्ड साउण्ड) को Power Options (पावर अपसन्स)को मेनुको तल्लो भागमा “Change what power buttons do” भन्ने अप्सनमा क्लिक गर्नुहोस् । माथि पट्टी रहेको “Change settings that are currently unavailable” मा क्लिक गर्नुहोस् । यसपछि Shutdown Settings मा रहेको Turn on fast startup भन्ने अप्सनमा टिक लगाउनुहोस् र Save Changes मा क्लिक गर्नुहोस् ।


२. स्टार्ट अपका प्रोग्रामहरु बन्द गर्नुहोस्

स्टार्ट अपमा अटोमेटिक धेरै प्रोग्रामहरु एकै पटक खुल्नाले कम्प्युटर स्लो हुन जान्छ । स्टार्ट अपमा थोरै प्रोग्रामहरु खुल्ने बनाउनका लागि Task Manager टास्क म्यानेजर खोल्नुहोस् । टास्क म्यानेजर खोल्नका लागि Ctrl + Shift + Esc बटनहरु एकै पटक दबाउनुहोस् । टास्क म्यानेजर खुलेपछि त्यहाँको Startup ट्याबमा जानुहोस् । त्यहाँ सबैलाई एक एक गरि Disable गरिदिनुहोस् । यहाँ सबै Disable गरे पनि तपाईको कम्प्युटर चलाउदा भने केहि अफ्ट्यारो पर्दैन, तर कम्प्युटर निकै चाडो खुल्न चाहिँ सुरु गर्छ ।

३. हार्ड डिस्कको सट्टा एस् एस् डी इन्स्टल गर्नुहोस्

हार्डडिस्क भन्नले हाम्रो कम्प्युटरमा प्रयोग हुने डिस्कहरुलाई बुझिन्छ । यो निकै पुरानो प्रविधिमा आधारित रहेको छ भने यिनीहरु नयाँ एस् एस् डी को तुलनामा निकै स्लो हुन्छन् । कम्प्युटर फास्ट खुल्ने र चल्ने बनाउनका लागि हार्ड डिस्कलाई हटाएर एस् एस् डी इन्स्टल गर्न सकिन्छ । यिनीहरु हार्ड डिस्कको तुलनामा महँगा हुन्छन् तर एस् एस् डी को प्रयोग आयु, स्पिड र गुणस्तर भने हार्ड डिस्कको भन्दा निकै राम्रो हुन्छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

नारायण कोइराला - गुलेली काव्य "लक्ष्य" को तानसेन पाल्पामा लोकार्पण भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना…

झापाली समाज कुवेत को छैटौँ अधिवेशन कुवेत मङ्गाफस्थित डिलाईट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली…

प्रतिकृयाहरू
...