Friday 26th September 2025

लोग्ने विदेशमा, स्वास्नी प्रेमीसँग लिभिङ टुगेदरमा, लेनदेन हिसावमा विवाद हुँदा प्रेमीद्वारा हत्या


तितोपाटी – विवाहित भएर पनि लोग्ने विदेशमा भएको समयमा प्रेमीसँग बस्दै अाएकी एक युवतीको प्रेमीले नै हत्या गरेका छन् । इटहरीमा ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको हो । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो ।

प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । ‘हत्या गरेको स्वीकार गरिसकेको छ । करिब अनुसन्धान सकियो,’ उनले भने ।

विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । डीएसपी श्रेष्ठका अनुसार लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।

लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको विषयलाइ लिएर बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ । सोही विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए । ‘लालबहादुर विदेशबाट आएर इटहरीमा बसेको हो । केही रकम सोनियालाई दिएको रहेछ’ उनले भने ‘हिजोको घटना मदिराकै कारण भएको देखिन्छ ।’


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...