Thursday 30th October 2025

महिला फुटबलमा भारतमाथि नेपालको शानदार ऐतिहासिक जीत


तितोपाटी – भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा हिँजो भएको महिला फुटबल खेलमा नेपालको जितेको छ । नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले हराएको हो ।

नेपलाले भारतमाथि ऐतिहासिक जित हात पारेकाे हाे । नेपालका तर्फबाट सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको हो । भन्डारीले खेलको पाँचौँ र सातौँ मिनेटमा गरेको गोलबाट नेपाललाई जिताउन सहयोग मिल्यो भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरिन् ।

सोमबार हिरो वुमन्स गोल्डकप अन्तर्गतको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई पराजित गरेकाे छ। नेपाली समयानुसार साँझ ७ बजेदेखि नेपाल र भारतबीचको खेल शुरु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

प्रतिकृयाहरू
...