Sunday 6th October 2024

नेपाली पुरूष याैनकर्मीहरू १ लाख सम्म खर्च लिन्छन !


तितोपाटी – नेपाली समाजमा याैन र याैनकर्मीको सम्बन्धमा बोल्दा, पढ्दा, हेर्दा वा लेख्दा समाजले त्यति सजिलै पचाउँदैन । त्यस विषयमा खुलेर कुरा गर्न त परै जाओस विषयको उठान गर्ने बित्तिकै नाक खुम्च्याएर पर हुनेहरूकै बाहुल्यता छ । अाफु स्वयं त्यस्ता कृयाकलापमा संलग्न रहने गरेका भए पनि सामाजिक प्रभावका कारण कसैले पनि खुलेर यस विषयलाइ उठान गर्दैनन्, कसैले उठान गरिहाले पनि यस विषयमा कमै छलफल हुने गर्छ ।

नेपालमा पुरूष याैकर्मी छन् भन्दा झट्ट सुन्दा होइन होला जस्तो लाग्छ तर नेपालमा २०-२५ हजारको हाराहारीमा पुरूष याैनकर्मी भएको अनुमान गरिन्छ ।  कुनै पनि सेवा दिए वापत शुल्क लिइन्छ भने याैन सेवा दिए वापत पनि अवस्य नै शुल्क लिन्छन् नै । महिला याैनकर्मी र उनीहरूले लिने शुल्कका बारेमा हामीले यस अघि पनि पटकपटक समाचार सम्प्रेषण गरि सकेका छाैं  । यस पटक भने हामीले नेपालका पुरूष याैनकर्मीको विषयमा कुरा उठान गरेका हाैं ।

याैनकर्मी भने पछि सित्तैमा सेवा दिने कुरा त भएन । हुन सक्छ सेवा दिए वापत शुल्क भनेर नलिए पनि खर्च चाहियो भनेर लिने पनि हुन सक्छन् । अाज हामीले त्यस्तै एक जना पुरूष याैनकर्मी र  उनले सेवा दिए वापत कति सम्म खर्च लिएका छन् त यस बारेको छोटो कुराकानी पाठकहरूमाझ प्रस्तुत गर्न लागेका छाैं । हो अाज हामीले नेपाली पुरूष याैनकर्मी रविन कुमार चिमोरियासँगको संवादलाइ पाठक सामु जस्ताको तस्तै राखेका छाैं ।

अाउनुहोस हामी पनि पढाैं र जानकारी लिउँ ।

“त्यो एउटा जर्नी नै भयो । नत्र मैले त्यति ठूलो पैसा लिएको छैन । त्यो पैसा ल्याएर मासेको पनि होइन, मैले उनीहरूलाई नै फर्काइदिए । यति धेरै पैसा लिएको पहिलो पटक हो । मैले त्यो पैसा साझेदारीमा किराना पसल खोल्ने भनेर लिएको हो, तर गलत ठाउँमा प्रयोग भयो । उनीसँग मैले विवाह नै गर्ने भन्ने थियो, तर पछि मैले विवाह गर्न मानिनँ । मैले विवाह गर्न नमानेपछि उनीहरूले उजुरी गरे । “

महिलाहरूसँग कसरी चिनजान गर्नुहुन्छ ?

हिड्ने डुल्ने शिलशिलामा भेट हुने हो । म गाना गाउँछु, प्रत्यक्ष लाइभ दोहोरी गाउँछु । त्यही सिलसिलामा चिनजान–भेटघाट हुन्छ ।

भनेपछि क्लब र दोहोरी खुब जानुहुन्छ ?

क्लब र दोहोरी पनि जान्छु, कार्यक्रमहरू पनि भैरहेका हुन्छन् ।

केटाहरूले मात्र केटी खोज्ने हुन् कि केटीहरूले पनि ?

यस्ता धेरै छन्, केटाले पनि खोज्छन् केटीले पनि खोज्छन् ।

एउटा केटा फेला पर्‍यो भने एउटै केटीले मात्र प्रयोग गर्छन् कि सहकार्य हुन्छ ?

गर्दैनन्, सहकार्य गर्छन् । कहिलेकाहीं रमाइलोमा बोलाउँछन् । म पनि आफ्नी त्यस्तै केटी साथी छिन् भने लिएर जान्छु ।

पैसा दिने केटीहरू नै छन् ?

पैसा दिने केटीहरू पनि छन्, तर म सँग सुत्न आइज, तँलाई १० हजार दिन्छु कसैले पनि भन्दैनन् । हामीलाई आवश्यकता पर्दा १ लाख अथवा ५० हजार खर्च दिने वा कहीँ जानुपर्दा टिकट काटिदिनेजस्ता काम गर्छन् । हाम्रो खर्च बेहोरिदिन्छन्, हामी पैसा नै दिन्छन् भनेर उनीहरूकहाँ जाँदैनौं । आवश्यक परेको खर्च माग्छौं, दिन्छन् । मलाई चाहिएको छ, देऊ भन्दा उनीहरूले दिएका छन् ।

कस्ता घरानाका महिलाहरू हुन्छन् ?

सामान्य वर्गकाले यत्रो रकम खर्च गर्न सक्दैनन् । राम्रो घरानाका तथा लोग्ने विदेश भएका बढी हुन्छन् । श्रीमान्ले छोडेका, डिभोर्स गरेका, श्रीमान मरेका तथा रमाइलो चाहिने स्वभावकाहरू हुन्छन् । यो पनि एउटा नशा हो, केटाहरूसँग इन्जोय गर्ने, घुमफिर गर्ने, रमाइलो गर्नुपर्ने यस्ता महिलाहरूको एक खालको सर्कल नै हुन्छ । यसमा काठमाडौंमा घर–गाडी भएकाहरू पनि छन् । नेपालमा एउटा यस्तो सर्कल छ, जसलाई एकदमै रमाइलो गर्नुपर्छ ।

कस्तो ठाउँमा लिएर जान्छन् ?

राम्रो रिसोर्ट तथा चितवन, पोखराजस्ता राम्रा ठाउँहरूमा लिएर जान्छन् ।

एक जनासँग कति समय बिताउनुहुन्छ ?

उनीहरूले खर्च गर्न सकुन्जेल । एकजनासँग ६–७ महिनासम्म बिताएको छु । मलाई छोडे पनि यो यस्तो नशा हो कि उनीहरूले अर्काेलाई समाइहाल्छन् ।

अरु केटाहरूलाई मुद्दा नहालेर तपाईंलाई मात्र उजुरी हाल्नुपर्ने कारण के हो ?

उनीहरूले मलाई सजाय दिन खोजेका होइनन्, खर्च गरेको पैसा फर्कन्छ भन्ने पनि होइन । आफ्ना श्रीमान्बाट सुरक्षित हुन मात्र यो सब गरेका हुन् ।

कहाँ भेट्नुहुन्छ यस्ता पात्रहरू ?

यस्ता महिलाहरू भेट हुने भनेको दोहोरी, डान्सबार तथा क्लबहरूमा हो । विलासी महिलाहरू दोहोरी तथा क्लबहरूमा आइरहनुपर्ने, मैले त्यस्तै ठाउँमा लाइभ दोहोरी गाउने भएकाले त्यहीँ सम्पर्क हुन्छ ।

कति सक्रिय होलान् यस्तो कर्ममा ?

कति छन्–छन्, मजस्ता केटाहरू पनि टन्नै छन् । प्रत्यक्ष रूपमा पैसा नलेलान्, तर घुमाएर पैसा लिनेहरू प्रशस्तै छन्, सबैले आफ्नै स्वार्थ पूरा गर्छन् ।

तपाईंले संगत गर्ने महिलाहरू कस्ता स्वभावका हुन्छन् ?

रमाइलो गर्नुपर्ने, जाँड–रक्सी, चुरोट आदि खानुपर्ने, दोहोरी र क्लब जानुपर्ने, बढी घुम्न मन पराउने, हाइफाइ पुरुषहरूसँग हिँड्नुपर्ने, सामान्य मानिसलाई मानिस नगन्ने तथा ठूला कुरा गर्ने खालका हुन्छन् । यौन सम्पर्क शरीरको आवश्यकता हो, त्यो त उनीहरूले खोज्ने भैहाले । यौन सम्पर्क मात्र रमाइलो होइन, नयाँ ठाउँमा जाने, घुम्ने, मन लागेको कुरा खाने पनि रमाइलो हो । यो उनीहरूको जीवनशैली नै बनेको हुन्छ ।

कति पैसा कमाउनुभयो यो पेसाबाट ?

मैले त अहिलेसम्म पैसा कमाएको छैन । लिएको पैसा खाइयो, रमाइलो गरियो,

त्यति हो ।

त्यत्रो रकम लिनुहुँदो रहेछ । के गर्नुहुन्छ त ?

एउटा व्यक्तिका रुपमा म पनि त चल्नुपर्‍यो ।

कहिलेदेखि यस्तो काममा लाग्नुभयो ?

यो त काम नै होइन, रमाइलो मात्र हो । साथीहरूसँग हिँडेर रमाइलो गरिन्छ, ठ्याक्कै लागेको मिति त याद छैन् । पैसै लिएर वा पैसा दिन्छन् भनेर म कसैसँग जादिनँ, तर मलाई खर्च दिएनन् भने म त्योसँग हिँडदिनँ, त्योचाहिँ निश्चित हो । आफूलाई आवश्यक परेका बेला खर्च दिएनन् भने किन जानु ? मैले तँसँग सुते, तँसँग हिडे, तँलाई यति दिन समय दिए भनेर होइन, तर मलाई चाहिएको खर्च त दिनुपर्‍यो नि ? आफूलाई खर्च चाहिँदा पचास हजार–लाख रुपैयाँसम्म लिन्छु ।

कतिसँग त लाखौं रुपैयाँ लिनुभएछ । के गर्नुहुन्छ त्यति पैसा ?

त्यो एउटा जर्नी नै भयो । नत्र मैले त्यति ठूलो पैसा लिएको छैन । त्यो पैसा ल्याएर मासेको पनि होइन, मैले उनीहरूलाई नै फर्काइदिए । यति धेरै पैसा लिएको पहिलो पटक हो । मैले त्यो पैसा साझेदारीमा किराना पसल खोल्ने भनेर लिएको हो, तर गलत ठाउँमा प्रयोग भयो । उनीसँग मैले विवाह नै गर्ने भन्ने थियो, तर पछि मैले विवाह गर्न मानिनँ । मैले विवाह गर्न नमानेपछि उनीहरूले उजुरी गरे ।

कति जनाको समूह छ तपाईंहरूको ?

समूह छैन, भेट्दाखेरि कहिलेकाहीं आफूजस्तै साथीहरू फेला पर्छन्, सँगै हिँड्छौं । एउटी दिदीले भन्नुहुन्थ्यो केही महिला फोटोसोटो पठाएर, फोन गरेर केटाहरू बोलाउँथे । ती केटाहरूले अरू आन्टीहरू, दिदीहरू हुनुहुन्छ भने पनि भन्नुहोला, कहिलेकाहीं भेटौला, चिया–सिया खाउँला भन्ने हिसाबले कुरा गर्छन भनेर सुनाउनुहुन्थ्यो ।

काठमाडौंमा यस्तो गिरोह नै सक्रिय छ ?

छ अरे । मलाई एउटी दिदीले भन्नुहुन्थ्यो । ती दिदीको समूहमा चार जना विवाहिता महिला छन् । अविवाहिताले त प्राय: पैसा जुटाउन सक्दैनन् । यसमा ठूलो खर्च हुन्छ । १०–२० हजार रुपैयाँले रमाइलो गर्न सकिँदैन, अलि ठूलै खर्च गर्नुपर्छ । यसमा प्राय: राम्रो आम्दानी हुने महिलाहरू नै हुन्छन् ।

तपाईंले अविवाहिताहरूसँग सम्बन्ध बनाउनुभएन ?

कतिपय अविवाहित पनि हुन्छन् । कतिपय अविवाहितले समेत राम्रै खर्च गर्छन् ।

बाहिर रमाइलो गर्न जाँदा एक पटकमा कतिसम्म खर्च हुन्छ ?

हुन्छ, ६०–७० हजार रुपैयाँसम्म ।

-साप्ताहिकबाट


सम्बन्धित शीर्षकहरु

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य…

पाठेघरको क्यान्सरको खोप विकास गर्ने आशा राखेको प्रयोगशालालाई अनुदान दिइएको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले ओभेरियनभ्याक्स, एक खोप सिर्जना गर्दैछन्…

खामेनीले इरान र उसका सहयोगीहरू इजरायली आक्रमणबाट पछि नहट्ने बताएका छन् सर्वोच्च नेताले इजरायलमाथिको इरानको आक्रमणलाई 'वैधानिक' भन्दै बचाउ गर्दै…

प्रतिकृयाहरू
...