Tuesday 13th May 2025

विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतको नेतृत्वमा भिम बहादुर केसी


तितोपाटी – विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतको अध्यक्षमा भिम बहादुर केसी चयन भएका छन् । विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतका संयोजक टिकाराम अाचार्यको सभाध्यक्षतामा शुक्रबार बसेको महासंघ कुवेतको बैठकले सर्व सम्मतिले भिम केसिको अध्यक्षतामा  सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । विश्व हिन्दु महासंघका तत्कालिन संयोजक टिकाराम अाचार्यले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन ।

कुवेतको नेपाली समाजमा लामो समय देखि सामाजिक र मानविय सेवाका कार्यमा लागि परेका केसी जन-जागृति युवा समाज कुवेतका सामाजिक अभियन्ता हुन भने साहित्यको कविता विधामा रूचि राख्ने  केसी हाल जन-जागृति युवा समाज कुवेत लगायत साहित्यिक संघ सँस्थाका मुल समितिसँग अावद्ध छन् । गमिला, शान्त र मिजासिलो स्वभावका धनि केसि सबैसँग सहकार्य गरेर अघि बढ्न माहिर छन् ।

नव गठित कार्य समिति ११ सदस्यीय रहेको छ भने २ जना संरक्षक र ३ जना सल्लाहकार रहेका छन् । महासंघको गठन भए पश्चात लामो समय देखि टिकाराम अाचार्यको संयोजकत्वमा कुवेतमा कृयाशिल रहेको विश्व हिन्दु जागरण अभियानले नेपाली राजदूतावास र कुवेतमा कृयाशिल संघसँस्थाहरू सँग हातेमालो र सहकार्य गर्दै अाएको छ ।

नव गठित कार्य समिति तपसिल बमोजिम रहेको छ ।

संरक्षक समिति

टिकाराम अाचार्य

माधाव शर्मा

मुल समिति 

अध्यक्ष – भिम बहादुर केसी

उपाध्यक्ष – बाबुराम ज्ञावाली

महासचिव – खिम गिरी

सचिव – नेत्र पेमी मगर

कोषाध्यक्ष – राजेन्द्र श्रेष्ठ

सदस्यहरू – गोविन्द प्रसाद न्याैपाने, कमल कुंवर, राजन श्रेष्ठ, गिता गुरूङ, गम बहादुर बि.क. र मिरा बि. पाैडेल

सल्लाहकार समिति

सुमित्रा देवी पाैडेल

शिब घमाल

बिष्णु परियार

यस अघि विश्व हिन्दु जागरण अभियान कुवेतको नामबाट कार्य गर्दै अाएको उक्त सँस्थाले गत शुक्रबारकै निर्णयबाट “विश्व हिन्दु जागरण अभियान महासंघ कुवेत” नाम राखिएको पनि जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

प्रतिकृयाहरू
...