Saturday 24th October 2026

कुवेतमा शनिवार देखी केही दिन सम्म अत्यधिक चिसो बढ़ने,सतर्क रहन कुवेत सरकार द्वारा आग्रह


बसन्त थापा-कुवेत/ केहि दिन यता सामान्य रहेको मौसम पुन सनिवार देखि धेरै चिसो बढ्ने कुवेत स्थित मौसम विभागले जनाएको छ।

कुवेतको विभिन्न सहरमा आज सनिवार देखि यो हप्ता भरि चिसो निकै हुने बताउदै कुवेत स्थित स्थानिय तथा अप्रवासी कामदार हरुलाई मौसम बिभाग कुवेतले सतर्क रहन अनुरोध गरेको छ। 

उत्तर र पश्चिमी वायुको प्रभावले गर्दा शनिवारको मौसम ७० कि मि, भन्दा धेरै प्रति घण्टा रफ्तारमा हावा चल्ने बताउदै  उच्च तापक्रम ४ देखि ७ र न्युनतम तापक्रम ० देखि ३ डिग्री सेल्सियम बिच रहने अनुमान गरिएको थियो भने बाहिरि भूभाग तापक्रम आज सनिवारको दिन ० डिग्री सम्म झर्ने विभागले जनाएको छ।

कडा वायु सँगै चिसो हावा पनि चल्ने हुदा मौसम अझ बढी चिसो हुनेछ। तेस्तै चिसो सनिवार र भोलि पनि निरन्तर रहने बताइएको छ।

यसै बीच उक्त समयावधि भर समुन्द्री क्रियाकलाप नगर्न तथा तातात्तो कपडा लगाएर मात्र बाहिर हिड डुल गर्न समेत विभागले सावधान गरेको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...