Tuesday 25th August 2026

कुवेतमा शनिवार देखी केही दिन सम्म अत्यधिक चिसो बढ़ने,सतर्क रहन कुवेत सरकार द्वारा आग्रह


बसन्त थापा-कुवेत/ केहि दिन यता सामान्य रहेको मौसम पुन सनिवार देखि धेरै चिसो बढ्ने कुवेत स्थित मौसम विभागले जनाएको छ।

कुवेतको विभिन्न सहरमा आज सनिवार देखि यो हप्ता भरि चिसो निकै हुने बताउदै कुवेत स्थित स्थानिय तथा अप्रवासी कामदार हरुलाई मौसम बिभाग कुवेतले सतर्क रहन अनुरोध गरेको छ। 

उत्तर र पश्चिमी वायुको प्रभावले गर्दा शनिवारको मौसम ७० कि मि, भन्दा धेरै प्रति घण्टा रफ्तारमा हावा चल्ने बताउदै  उच्च तापक्रम ४ देखि ७ र न्युनतम तापक्रम ० देखि ३ डिग्री सेल्सियम बिच रहने अनुमान गरिएको थियो भने बाहिरि भूभाग तापक्रम आज सनिवारको दिन ० डिग्री सम्म झर्ने विभागले जनाएको छ।

कडा वायु सँगै चिसो हावा पनि चल्ने हुदा मौसम अझ बढी चिसो हुनेछ। तेस्तै चिसो सनिवार र भोलि पनि निरन्तर रहने बताइएको छ।

यसै बीच उक्त समयावधि भर समुन्द्री क्रियाकलाप नगर्न तथा तातात्तो कपडा लगाएर मात्र बाहिर हिड डुल गर्न समेत विभागले सावधान गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...