Thursday 25th December 2025

दर्शन ठकुरी समाजद्वारा राजदूत दम्पतीलाइ “दर्शन अभिनन्दन” सहित विदाइ


तितोपाटी –  दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । हिजो खैतान स्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आवद्द पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ।

राजदूत यज्ञ बहादुर हमाललाई दूतावासको प्रमुख पदमा रहेर आफ्नो कार्यभार कुशलता पुर्वक सम्हाल्दै कुटनीतिक सम्बन्धलाई सुदृढ गर्दै नेपालको पर्यटन प्रवर्धन र विकासमा खेल्नु भएको भूमिका र सिंगो नेपाली समाज, नेपाली संघ सस्थाहरुसंग सहकार्य गर्दै समस्या सुल्झाउन, पीडितको उद्दारमा देखाउनु भएको सक्रियता एवं आम कुवेतबासी नेपालीहरुको भलाई र हितको लागि दूतावासबाट खेलिएका सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिनन्दन “ गरिएको हो ।

त्यसैगरि राजदूत धर्मपत्नी रिता हमाललाई प्रथम नेपाली महिलाको रुपमा कुवेतमा आई कुटनीतिक मयार्दालाई उच्च बनाउदै नेपालको पर्यटन प्रवर्धनको लागि कुटनीतिक नियोग र बिभिन्न मुलुकका महिलाहरु बीच अन्तराष्ट्रिय स्तरको नेपाली कला संस्कृति झल्काउने कार्यक्रम गर्नुको साथै नेपाली कला, भाषा, संस्कृति, परम्परा र साहित्यको विकासमा पुर्याउनु भएको सहयोग र नेपाली समाजसंग खेल्नु भएको सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिन्न्दन “ गरिएको समाजले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...