Monday 19th January 2026

दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते


तितोपाटी – दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । शुक्रबार बिहान साढे सात बजे जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिएका छन् ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...