Saturday 3rd October 2026

कुवेतमा निरेमले तीज विशेष कार्यक्रम आयोजना गर्ने


कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले कुवेतमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार आगामी ११ सेप्टेम्बर २०२६ (शुक्रबार) साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन गरिनेछ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई मौलिक शैलीमा मनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा नेपाली कला, संस्कृति, परम्परा तथा आपसी सद्भावलाई प्रवर्द्धन गर्ने विविध प्रस्तुति समावेश गरिने बताइएको छ।

कार्यक्रममा नेपाली परिकारको स्वादसँगै गीत, संगीत, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक एवं सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। साथै, प्रवासमा रहेका नेपाली दिदीबहिनीहरूबीच आपसी भेटघाट, सद्भाव र खुसी साटासाट गर्ने अवसरसमेत उपलब्ध हुने आयोजकले जनाएको छ।

अल्मुला एक्सचेन्जको मुख्य प्रायोजनमा आयोजना हुन लागेको उक्त कार्यक्रममा कुवेतमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई सहभागी हुन निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपका संयोजक सुरेन्द्र लिम्बूले हार्दिक निमन्त्रणा दिएका छन्। कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन इच्छुक सहभागीहरूलाई समयमै नाम दर्ता गर्नसमेत आग्रह गरिएको छ।

कुवेतमा सामुदायिक पत्रकारिता सँगै सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना तथा व्यवस्थापनमा निरेम ग्रुप विगतदेखि नै सक्रिय रहँदै आएको छ।

Provide your feedback on BizChat


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...