Saturday 24th October 2026

कुवेतमा निरेमले तीज विशेष कार्यक्रम आयोजना गर्ने


कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले कुवेतमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार आगामी ११ सेप्टेम्बर २०२६ (शुक्रबार) साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन गरिनेछ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई मौलिक शैलीमा मनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा नेपाली कला, संस्कृति, परम्परा तथा आपसी सद्भावलाई प्रवर्द्धन गर्ने विविध प्रस्तुति समावेश गरिने बताइएको छ।

कार्यक्रममा नेपाली परिकारको स्वादसँगै गीत, संगीत, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक एवं सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। साथै, प्रवासमा रहेका नेपाली दिदीबहिनीहरूबीच आपसी भेटघाट, सद्भाव र खुसी साटासाट गर्ने अवसरसमेत उपलब्ध हुने आयोजकले जनाएको छ।

अल्मुला एक्सचेन्जको मुख्य प्रायोजनमा आयोजना हुन लागेको उक्त कार्यक्रममा कुवेतमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई सहभागी हुन निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपका संयोजक सुरेन्द्र लिम्बूले हार्दिक निमन्त्रणा दिएका छन्। कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन इच्छुक सहभागीहरूलाई समयमै नाम दर्ता गर्नसमेत आग्रह गरिएको छ।

कुवेतमा सामुदायिक पत्रकारिता सँगै सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना तथा व्यवस्थापनमा निरेम ग्रुप विगतदेखि नै सक्रिय रहँदै आएको छ।

Provide your feedback on BizChat


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...