Wednesday 12th August 2026

अमेरिकी B-1 बमवर्षक विमान इरानतर्फ ?


अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू लामो दूरीको आक्रमण क्षमता र भारी हतियार बोक्ने क्षमताका लागि परिचित छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको “पिक्याक्स माउन्टेन” (Pickaxe Mountain) नामक अत्यन्त सुरक्षित सैन्य/भूमिगत संरचनामाथि आक्रमण गर्ने संकेत दिएका छन्। अमेरिकी पक्षले उक्त स्थान इरानको आणविक कार्यक्रमसँग सम्बन्धित हुन सक्ने दाबी गर्दै आएको छ।

रिपोर्टअनुसार उक्त क्षेत्रमा उन्नत सेन्ट्रिफ्युज प्रविधि र उच्च संवर्धित युरेनियम भण्डारण हुन सक्ने अनुमान गरिएको छ। यदि अमेरिकी हमला भयो भने यो इरानको आणविक पूर्वाधारमाथिको सबैभन्दा ठूलो सैन्य कारबाहीमध्ये एक हुन सक्नेछ।

इरानले यसअघि आफ्नो सार्वभौमिकतामाथि हुने कुनै पनि आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिँदै आएको छ। यस्तो अवस्थामा खाडी क्षेत्र, तेल बजार र विश्व सुरक्षा अवस्थामाथि गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ।

तर यी रिपोर्टहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। अमेरिकी सैन्य गतिविधि र इरानी प्रतिक्रियाले आगामी घटनाक्रमको दिशा निर्धारण गर्ने देखिन्छ।

इजरायलका लागि इरानको आणविक कार्यक्रम र मिसाइल क्षमता लामो समयदेखि मुख्य सुरक्षा चुनौतीका रूपमा रहँदै आएको छ। यदि अमेरिकाले इरानको आणविक पूर्वाधारमाथि ठूलो हमला गर्छ भने इजरायलले गुप्तचर सहयोग, हवाई सुरक्षा वा प्रत्यक्ष सैन्य कारबाहीमार्फत भूमिका खेल्न सक्ने विश्लेषण गरिएको छ।

तर इजरायलको प्रत्यक्ष प्रवेशले अर्को ठूलो जोखिम पनि निम्त्याउन सक्छ। इरानले विगतमा इजरायल र अमेरिकी आधारहरूलाई लक्षित गर्ने चेतावनी दिँदै आएको छ। त्यसैले कुनै पनि नयाँ आक्रमणले खाडी मुलुक, तेल आपूर्ति मार्ग र सम्पूर्ण मध्यपूर्वलाई व्यापक द्वन्द्वतर्फ धकेल्न सक्ने चिन्ता बढेको छ।

अहिलेको अवस्था हेर्दा इजरायल युद्धको सुरुवाती पक्षभन्दा पनि अमेरिका–इरान टकराव बढेपछि सक्रिय रूपमा तानिन सक्ने प्रमुख शक्ति का रूपमा देखिएको छ। आगामी दिनमा वासिङ्टन, तेहरान र तेल अभिभबीचका निर्णयहरूले मध्यपूर्वको भविष्य निर्धारण गर्नेछन्।


सम्बन्धित शीर्षकहरु

पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पको कारण अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ। भूकम्पपछि उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको…

इटालीको सिसिलीस्थित माउन्ट एटना ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीको बादल माल्टासम्म पुगेपछि हवाई यातायात प्रभावित भएको छ। मंगलबार, अगस्ट ११ मा…

काराकास/तेल अभिभ — भेनेजुएला र इजरायलले १७ वर्षपछि कन्सुलर सम्बन्ध पुनःस्थापित गर्ने सहमति गरेका छन्। दुवै देशले आफ्ना नागरिकलाई कन्सुलर…

प्रतिकृयाहरू
...