Saturday 18th July 2026

इरानी आक्रमणपछि बहराइनले क्षेप्यास्त्र र ड्रोन खसाल्यो, कतारमा अवरोधका भग्नावशेष लागेर एक बालक घाइते


बहराइन र कतारले शनिबार बिहान इरानबाट भएको भनिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि आफ्नो सुरक्षा अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेका छन्।

बहराइन रक्षा बल (Bahrain Defence Force) का अनुसार देशको वायु प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपण गरिएका धेरै क्षेप्यास्त्र र ड्रोनहरू सफलतापूर्वक अवरोध गरी नष्ट गरेको छ। बहराइनको जनरल कमाण्डले इरानले नागरिकलाई लक्षित गर्दै “सुनियोजित शत्रुतापूर्ण गतिविधि” जारी राखेको आरोप लगाउँदै देशको रक्षा गर्न सबै सैन्य इकाइहरू उच्चतम सतर्कतामा रहेको जनाएको छ।

सैन्य नेतृत्वले सर्वसाधारणलाई आक्रमणपछि बाँकी रहेका शंकास्पद वस्तु वा भग्नावशेषको नजिक नजान र तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। साथै, रोयल फिल्ड इन्जिनियरिङ युनिटका टोलीहरू ती भग्नावशेष सुरक्षित रूपमा हटाउन पूर्ण तयारीमा रहेको जनाएको छ। बहराइनले नागरिक र निजी सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएको पनि दाबी गरेको छ।

यता कतारको गृह मन्त्रालय ले पनि इरानी आक्रमणपछि सुरक्षा निकाय र सिभिल डिफेन्स टोलीहरूले तत्काल आपतकालीन प्रतिक्रिया योजना सक्रिय पारिएको जनाएको छ।

मन्त्रालयका अनुसार वायु प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र अवरोध गर्ने क्रममा खसेको भग्नावशेष लागेर एक बालक घाइते भएका छन्, र उनको उपचार भइरहेको छ।

कतारी अधिकारीहरूले नागरिकलाई केवल आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न तथा अपुष्ट समाचार, तस्बिर वा भिडियो सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेका छन्। साथै, देशभरका सुरक्षा निकाय पूर्ण सतर्क अवस्थामा रहेको र जनसुरक्षा, अत्यावश्यक सेवाको निरन्तरता तथा कुनै पनि नयाँ घटनाको तत्काल सामना गर्न तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

 माथिको विवरण बहराइन र कतारका सम्बन्धित सरकारी निकायहरूले जारी गरेका आधिकारिक विज्ञप्तिमा आधारित छ। घटनाका सबै पक्षहरू स्वतन्त्र अन्तर्राष्ट्रिय स्रोतहरूबाट पूर्ण रूपमा पुष्टि भइसकेका छैनन्।


सम्बन्धित शीर्षकहरु

बहराइन र कतारले शनिबार बिहान इरानबाट भएको भनिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि आफ्नो सुरक्षा अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेका छन्।…

कुवेतको रक्षा मन्त्रालयले शनिबार बिहानैदेखि देशको हवाई क्षेत्रमा प्रवेश गरेका शत्रुतापूर्ण ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू पत्ता लगाई सबैलाई सफलतापूर्वक अवरोध…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा…

प्रतिकृयाहरू
...