Friday 23rd October 2026

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा तृतीय सचिव नविन पराजुलीलाई बिदाइ


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका अवसरमा सम्मान तथा बिदाइ गरेका छन्।

कार्यक्रममा महासंघका अध्यक्ष एकराज मल्लले पराजुलीले कुवेतमा कार्यरत नेपाली श्रमिक तथा समुदायको हकहित र समस्याको समाधानका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै उहाँको सक्रियता, समर्पण र सेवाको उच्च मूल्यांकन गर्नुभयो।

सो अवसरमा नेपाल पत्रकार महासंघ कुवेत शाखाले सम्मानपत्र र मायाको चिनो प्रदान गरेको थियो । त्यस्तै, निरेम प्रोडक्सन प्रालिका तर्फबाट पनि उहाँलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरिएको थियो।

कार्यक्रममा महासंघका पदाधिकारी तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पराजुलीको सहयोगी भावना, सरल व्यक्तित्व र कूटनीतिक दक्षताको प्रशंसा गर्दै उहाँको सुखद स्वदेश फिर्ती तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरेका थिए।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...