Saturday 1st August 2026

तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन सम्पन्न, निरज क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन तथा २१३औँ भानु जयन्ती समारोह १० जुलाई २०२६ शुक्रबार कुवेतको मंगाफस्थित मेमोरिज हलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि निरज क्षेत्रीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समाजका अध्यक्ष सोमबहादुर खत्रीको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्षद्वय दिलकुमार पाख्रिन र विकास सिंह ठकुरी, नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल, समाजका संरक्षक, सल्लाहकारलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

अधिवेशनमा विभिन्न राजनीतिक दलका भ्रातृ संगठनका प्रमुख तथा प्रतिनिधि, कुवेतमा क्रियाशील सञ्चारकर्मी, सामाजिक अभियन्ता, बुद्धिजीवी, कलाकार, खेलाडी तथा ठूलो संख्यामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम राष्ट्रिय गान, दीप प्रज्वलन, आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण तथा अबिर अर्पण, साथै केक काटेर शुभारम्भ गरिएको थियो। वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भानु जयन्ती र अधिवेशन एकसाथ आयोजना गरेर समाजले राष्ट्रिय विभूति भानुभक्त आचार्यप्रति सम्मान प्रकट गरेकोमा खुसी व्यक्त गरेका थिए।

२१३औँ भानु जयन्तीको अवसरमा समाजका वरिष्ठ सल्लाहकार राजेन्द्र रसाइली “विरही” ले स्वागत मन्तव्यसहित भानुभक्त विशेष कविता तथा रामायण वाचन प्रस्तुत गरेका थिए। कार्यक्रममा अन्य वक्ताहरूले पनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै भानु विशेष कविता वाचन गरेका थिए।

कार्यक्रमका क्रममा समाजका विभिन्न गतिविधिमा सहयोग पुर्‍याउने संघ–संस्था, व्यक्तित्व, पत्रकार तथा खेलाडीहरूलाई मायाको चिनो, कदरपत्र र सम्मानपत्र प्रदान गरिएको थियो। साथै संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका संस्था भित्रका अग्रज व्यक्तित्वहरूलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो।

नव-निर्वाचित कार्यसमिति (२०२६–२०२८)
पदाधिकारी
अध्यक्ष : निरज क्षेत्री
वरिष्ठ उपाध्यक्ष : यमबहादुर थापा
उपाध्यक्ष : नरबहादुर परियार
महिला उपाध्यक्ष : मधु थापा
महासचिव : रेशम आले
सहसचिव : सोमबहादुर राना
कोषाध्यक्ष : मेघबहादुर आले
सह-कोषाध्यक्ष : ज्योति थापा
विभागीय प्रमुख : कुलबहादुर थापा

सदस्यहरू
सुशन थापा
नरिमाया रेश्मी
केशु खत्री
तेजु राना
लालबहादुर घताने
भोगबहादुर पुलामी
दलबहादुर पुलामी
विशाल मगर
केशु थापा मगर
डिलबहादुर आले
ऋषिराम श्रेष्ठ
सरिता सिंह ठकुरी
सजिया बेगम
माया मल्ल
अशोक सिजाली
हरिबाबु राना
केशव मल्ल
चुम्मक आले
निर्मल क्षेत्री
रामु गुरुङ
सन्दीप अस्लामी मगर
मीनबहादुर थापा
शिवराज श्रेष्ठ

संरक्षक तथा सल्लाहकार
संरक्षक : आनन्द आचार्य
संरक्षक : सोम बहादुर खत्री
वरिष्ठ सल्लाहकार : राजेन्द्र रसाइली “विरही”
सल्लाहकार : प्रकाश गिरि
सल्लाहकार : सूर्य थापा क्षेत्री


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...