Tuesday 10th March 2026

तमु समाज कुवेतले अतिथि कलाकार “जिदान” को साथमा तमु ल्होछार/ल्होसार भव्यरूपमा मनायो


तमु समाज कुवेतले एक भव्य कार्यक्रमका बिच तमु ल्होछार/ल्होसार २०२६ मनाएको छ । समाजले हिँजो २ फेब्रुअरी २०२६ शुक्रबारका दिन कुवेतको हवाली स्थित ब्वाइज स्काउट थिएटरमा नेपाल अाइडल सिजन ६ का टप सेभेन जितेन्द्र गुरूङ “जिदान” को साथमा तमु ल्होछार/ल्होसार मनाएको हो । गुरूङहरूको नयाँ वर्षको रूपमा हरेक वर्ष १५ पुषको दिनमा मनाइने ल्होछार/ल्होसार यस वर्ष सर्प वर्गको विदाइ र घोडा वर्गको स्वागत गर्दै मनाइएको हो ।

समाजकी अध्यक्ष रन्जना तमुस्योको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख अातिथ्यता एवं एनअारएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत तथा अादीवासी जनजाती महासंघ कुवेतका पदाधिकारीहरूको विशेष अातिथ्यता तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी प्रतिनिधि एवं समाजसेव, वुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडी लगायतको अातिथ्यता एवं कुवेतलाइ कर्मथलो बनाएर बस्नुहुने तमु तथा गैर तमु नेपाली दाजुभाइ दिदीबहिनीहरूको समुपस्थितिमा तमु ल्होछार/ल्होसार विभिन्न सांस्कृतिक प्रस्तुतिहरूका साथ भव्य रूपमा मनाइएको थियो ।

कार्यक्रममा शुभकामनाका साथ सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि लम्सालले स्वदेशमा भन्दा परदेशमा आफ्नो संस्थकार र संस्कृतिलाइ जिवन्तता दिन यसरी कार्यक्रम गरिएकोमा आयोजकलाइ धन्यवाद दिंदै वर्षेनी रक्तदान जस्तो अमुल्य मानवीय सेवाको कार्य गर्दै आएको तमु समाजको प्रसंसा गर्दै कुवेतमा हुने हरेक राम्रा कार्यहरूमा नेपाली राजदूतावास कुवेतले सदा हातेमालो र सहकार्य गर्दै आएको र कुटनैतिक तवरबाट नेपाल र नेपालीको श्रीवृद्धिको लागि कार्यहरू गरिरहेको बताउँदै आफू कार्यरत देशको नीति नियम र कानुन पालना गर्नु हामी सबैको दायित्व हो भन्दै कुनै पनि अवैधानिक वा गैरकानुनी कृयाकलापमान नलाग्न सबैमा आग्रह गरेका थिए ।

“शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मानव अस्तित्व नै हराउँछ“ भन्ने मुल नाराका साथ स्थापनाकालदेखि ल्होछार/ल्होसार मनाउँदै अाएको उक्त समाजको कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार खोप तमुले तमु ल्होछारको सांस्कृतिक र ऐतिहासिक पक्षबारे कार्यक्रममा उपस्थित सबैलाइ जानकारी गराएका थिए भने शुभकामना मन्तव्य दिने वक्ताहरूले तमु समाज कुवेतले गरेका राम्रा कार्यहरूको प्रसंशा गरेका थिए ।

कार्यक्रममा नेपालबाट अाएका अतिथि कलाकार “जिदान”ले दुइ चरणमा सांगितीक प्रस्तुति दिएर दर्शकहरूलाइ छमछमी नचाएका थिए भने स्थानीय कलाकारहरूले तमु भाषाका विभिन्न गीतहरूमा एकल तथा सामुहिक नृत्य प्रस्तुत गरि हलमा अातिथ्यता गरिरहेका दर्शकहरूलाइ मनोरन्जन प्रदान गरेका थिए ।
प्रमुख अतिथि तथा विशेष अतिथिहरूलाइ फेता तथा पहिर्याएर सम्मान गरिएको थियो भने कार्यक्रमको अन्त्यमा कुवेत बसाइलाइ बिट मार्दै स्वदेश फर्कन लागेका समाजका महासचिव शुरेश गुरूङलाइ विशेष सम्मानका साथ विदाइ गरिएको थियो


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...