Friday 3rd April 2026

तनहुँ सेवा समाज कुवेतले गर्यो मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग


तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला व्यास नगरपालिका–३ स्थायी बसोबास भइ हाल पोखरा स्थित फिस्टेल अस्पतालमा उपचाररत ऋषि थापाको उपचारार्थ सो सहयोग गरेको हो । मृगौला पीडित थापा समाजकी सदस्य मधु थापाका श्रीमान् हुन भने समाजले सदस्यहरूबिचमा संकलित रकम जम्मा २२८ केडि ७५० फिल्स गत शुक्रबार हस्तान्तरण गरेको हो ।

यस अघि फिसटेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को आईसीयू युनिटमा भर्ना गरिएको र सेप्सिस एकेआईको काम गर्ने निदान गरि इनोट्रोपिक सपोर्ट सहितको मेकानिकल भेन्टिलेटरमा राखिएको जनाउँदै बिरामीको अवस्था जटिल बन्दै गएको र उपचारको लागि ठुलो रकमको आवश्यक पर्ने अस्पताल श्रोतबाट जानकारी प्राप्त भएपछि समाजका सदस्यहरूबिच सहयोग रकम संकलन गरि सहयोग हस्तान्तरण गरिएको हो ।

पारिवारिक आर्थिक अवस्था न्युन भएकोले थोरै भएपनि उपचारार्थ सहयोग होस भनि समाजको तर्फबाट सदस्यहरूले एकापसमा संकलन गरेर जम्मा २२८ केडी ७५० फिल्स अर्थात नेपाली विनिमय दर अनुसार नेपाली रूपैयाँ १ लाख ७ हजार भन्दा बढी रकम सहयोग गरिएको संस्थाका अध्यक्ष सोम खत्रीले जानकारी दिंदै दुःखको समयमा एकजुट भइ स्वस्फुर्त रूपमा सहयोग गर्ने सहयोगी मनका सबै साथीहरूलाइ धन्यवाद दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...