Sunday 29th November 2026

गुणनिधि घिमिरेको मन छुने “गजल”


च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो
आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो

मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह
अहङ्कार बढ्दा आफ्नै जिन्दगीमा हार भयो

न ता कोही पराई छन् न ता कोही आफ्ना यहाँ
दिनदिनै परिस्थिति किन यस्तो खुङ्खार भयो

छोरानाती पुस्तौँपुस्ता भविष्यलाई जोगाएको
सेतो कालो सम्पूर्ण नै डढ्यो जल्यो अङ्गार भयो

मिठामिठा भाषण छाँटी देश खोक्रो पार्ने सबै
रितिस्थिति बिगारेर धेरै अत्याचार भयो

हातमा हात समाऊ फेरि सम्हालेर उठाऊ न
हाम्रो इतिहास ढल्यो लड्यो लम्पसार भयो

काला गए गोरा आए चारैतिरबाट आए
मरेका त मरि गए बाँचेकालाई भार भयो ॥

गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः- अमेरिका


सम्बन्धित शीर्षकहरु

जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुने सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। उद्घाटन भएको एक सातापछि नियमित…

कुवेतस्थित लुलु हाइपरमार्केटले नोभेम्बर २५ देखि डिसेम्बर १ सम्म ‘WOW Style & Beauty’ विशेष अभियान सञ्चालन गरेको छ। यस अभियानअन्तर्गत…

म्यान्मारको सैन्य सरकारले गरेको हवाई आक्रमणमा विद्यालय र विवाह समारोहस्थलमा गरी दर्जनौं मानिसको ज्यान गएको छ। शनिबार दक्षिणी शान राज्यको…

प्रतिकृयाहरू
...