Tuesday 24th March 2026

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ


परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको सो पदमा बानियाको आगमनसँगै दूतावासको सेवा अझ प्रभावकारी र चुस्त–दुरुस्त हुने अपेक्षा गरिएको छ।

करीब १६ महिना परराष्ट्र मन्त्रालयमा सेवा गरेका बानिया १० दिनअघि कुवेत आइपुगेका हुन्। उनले हालैदेखि दूतावासमा औपचारिक रूपमा काम सुरु गरिसकेका छन्।

दूतावासले सेवा विस्तार र कुवेतस्थित नेपाली समुदायलाई सहज सुविधा उपलब्ध गराउन बानियाको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...