Friday 9th October 2026

गजल


म यसरी पनि दौडिएँ प्यारका लागि ।
जसरी डुंगा दौडिन्छ किनारका लागि ।

तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,
अब के बचाउनु छ र परिवारका लागि ।

सरकार बिजुली काटेर उज्यालो माग्दैछ,
लालटिन मगाउन पर्ला व्यापारका लागि ।

चामल सकिएर चुलो बाल्न पाएको छैन,
तिमी किन अक्षेता दिन्छौ निधारका लागि ।

दुख पर्दा कसैको साथ नहुने रहेछ सोच्छु,
मैले के सम्म गरिन होला संसारका लागि ।

मिलन अधिकारी
दोहा कतार


सम्बन्धित शीर्षकहरु

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

प्रतिकृयाहरू
...