Friday 30th October 2026

जनमत पत्रिकाको “पुष्कर अथक रेग्मी विशेषाङ्क” माथि तानसेनमा परिचर्चा


साहित्यिक मासिक जनमतमा प्रकाशित ‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र गोपाल सिंहले भने, “राष्ट्रिय स्तरको साहित्यिक पत्रिका जनमतमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करको विशेषाङ्क नै छापिनु हामी पाल्पालीको गौरवको विषय हो । पुष्कर पाल्पाको साहित्य क्षेत्रको बर्तमानमा अहोरात्र खटिरहने साँच्चै अथक पात्र हुन् । ”

विशेषाङ्कको परिचर्चा गर्दै साहित्यकार , पत्रकार एवं परेवा पाक्षिकका सम्पादक भोजराज भट्टराईले भने, ” बहुमुखी प्रतिभाका धनी पुष्कर अथक रेग्मी बहुआयामिक हुनुका साथै वहुविधामा कलम चलाउदै र साहित्यका चारवटै विधामा कृति प्रकाशित गरिसकेका स्थापित साहित्यकार हुन् । जनमत पत्रिकाले उनको कदर गरि विशेषाङ्क निकालेको छ । विशेषाङ्कभित्र १९ जना स्रष्टाहरूले अथकको बारेमा विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरिएका लेखहरू प्रकाशित भएका छन् ।

पाल्पा साहित्य समाजको सचिव सविता भट्टराईको संचालन र स्वागत तथा पुष्कर अथक रेग्मीद्वारा धन्यवाद ज्ञापन गरिएको परिचर्चा कार्यक्रममा ४८ जना स्रष्टा र द्रष्टाहरूको उपस्थिति सहभागीता रहेको थियो । कार्यक्रमको समापनसंगै सबैलाई जनमत पुष्कर अथक रेग्मी विशेष अङ्क प्रदान गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...