Thursday 29th January 2026

क्यानले एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई ५० हजार नगद पुरस्कार दिने


तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप नगद पुरस्कारले सम्मान गर्न लागेको क्यान प्रवक्ता छुम्बी लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मलेसियामा संचालन भएको एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाल बिजेता हुन् सफल भएको थियो  ।   नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म सम्पन्न  उक्त प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई  हराउदै उपाधि चुमेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...