Tuesday 31st March 2026

दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युबमा धमाका पिट्दै


तितोपाटी – पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा  धमाका पिटेको छ । गीत रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो । गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।

‘जाने भए जाम माया’ले विहिबार युट्युबमा अर्को कीर्तिमान रच्दै  अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत समेत  बनेको छ । यो गीतले अस्ट्रेलियामा ट्रेन्डिङ १ मा, क्यानडामा १७, युएईमा ३, कतारमा २, कुवेतमा ५, बेलायतमा ८ र नेपालमा संगीत चर्चा कमाईरहेको छ ।

गीतमा संगित दुर्गेश थापाको रहेछ भने दुर्गेश थापा, सिसन बानियाँ र अलहजी गेरोको स्वर रहेको गीतको म्युजिक भिडीयोमा दुर्गेश थापा, सिसन बानियाँ, लासो पेमा, अलहजी गेरो र गुराँस नानीको अभिनय रहेको छ  ।

हेर्नुहोस गीत ‘जाने भए जाम माया’


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...