Wednesday 14th January 2026

नेतृ झाक्रीलाई स्पष्टिकरणको लागि ७ दिनको समय


तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले समय दिएकोछ । केही दिन पहिला अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरणको लागि नेतृ झाक्रीलाई १ हप्ताको समय दिने भएको हो ।
नेकपा एकीकृत समाजबादीका नेता प्रकाश ज्वालाले अब देखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङतीलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित ७ दिन भित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको बताए ।

बैठकमा नेतृ झाक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना गर्ने या माफी माग्ने मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए । लुम्बिनीको एक कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्लि महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...