Tuesday 11th August 2026

मुख्य मन्त्रीद्वारा शीत ‘कल्प ‘कृति लोकार्पण


शीत काव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मान सहित भव्यताकासाथ मनाएको छ । समाजद्वारा काठमाडौको टोखामा आयोजित समारोहको प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा हुनुहुन्थ्यो । समारोहको समुदघाटन, शीत कृति लोकार्पण र शीत पुरस्कारद्वारा स्रष्टाहरूलाई सम्मान गर्दै सम्बोधनक‍‍ो क्रममा,” समाज रूपान्तरणका लागि साहित्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । राज्यले भाषा कला साहित्यको विकासको लागि सक्दो सहयोग गरि नै रहेको छ । स्वयंसेवी रूपमा स्थापना भएका साहित्यिक संस्थाको योगदान महत्त्वपूर्ण रहेको छ ” भनी बताउनु भयो ।

समारोहमा शीत काव्य समाज नेपालका अध्यक्ष एवं प्रथम शीत ईश्वर कृष्ण के.सी. द्वारा आफ्नो स्वर्गीय पिता माताको स्मृतिमा स्थापना गरिएको शीतकर्णशिवकुमारी पुरस्कारद्वारा शीत परिकल्पनाकार पुष्कर अथक रेग्मी र शीत ईश्वर दामोदर ढकाल’ दीपक’ लाई पुरस्कृत गरिनुका साथै शीत कृतिकार विमला ढकाल ‘ समीक्षा ‘ लाई एघारौं शीत ईश्वरको पदवीद्वारा विभूषित गरियो ।विमला ढकाल ‘ समीक्षा ‘ द्वारा लिखित शीत काव्य सङ्ग्रह ‘कल्प’ ( २०८२) भित्र तिसवटा विभिन्न शीर्षकमा एकहजार आठवटाभन्दा बढी शीतहरू रहृेका छन् । कृति उदाहरणीय र संग्रहणीय रहनुकन साथै शीत काव्य लेख्नका लागि सूत्र अर्थ मन्त्रपूर्ण रूपमा उपयोगी रहेका छन । हालसम्म शीतका पन्ध्रवटा कृति प्रकाशित भइकेका छन् ।कविता विधाको लघुतम उपविधा शीतको जन्म पाल्पामा भएको हो । शीत लेख्न सजिलो भएकोले यस्को व्यापकता बढदो छ ।

शीत काव्य समाज नेपालद्वारा काठमाडौंमा शआयोजित समारोहमा कलाकार विष्णु गुरूङ, गायिका सरस्वती अर्याल , शीत ईश्वर सत्यनारायण ढकाल , शीत ईश्वर भोजभक्त कँडेल र बर्षा ढकालद्वारा शीत गायन हुनुका साथै कृतिकार विमला ढकाल , साहित्यकारहरू द्वारिका कुइकेल ,दुर्गा अधिकारी भमरकोटे ,भागवत खनाल ,
दीर्घबहादुर चन्द ,छवि बैरागी ,डा. शैलेन्दु प्रकाश नेपाल र परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियोे । कलाकार विष्णु गुरूङको स्वागत र महासचिव दामोदर ढकाल ‘ दीपक’ को संचालनमा भएको समारोहको अध्यक्षता शीत काव्य समाज नेपालका अध्यक्ष प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी.द्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

रुसको तातारस्तान क्षेत्रस्थित निज्नेकाम्स्क (Nizhnekamsk) शहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते…

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ।…

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

प्रतिकृयाहरू
...