Thursday 18th December 2025

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव १५ अगष्टमा


“अनेकतामा एकता संखुवासभा जिल्लाको चौतर्फी विकाशमा हाम्रो सहभागीता” भन्ने मुल नारा बोकेर २६ अप्रिल २०२४ मा स्थापना भएको संस्था संखुवासभा समाज कुवेतले आफनो प्रथम वार्षिक उत्सव अगष्ट १५ तारिख २०२५ शुक्र्बारको दिन मनाउने भएको छ।
संखुवासभा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सखुवासभालीहरुको एकता, दु:ख, सुखको चौतारी होस र प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भन्ने हेतुले २६ अप्रिल २०२४ मा गठन गरिएको संस्थाले आगामी १५ अगष्ट २०२५ शुक्र्बारको दिन आफनो प्रथम वार्षिक उत्सव मनाउने अध्यक्ष बिजय लामाले जानकारी दिएका छन्।
स्थापान कालदेखी कुवेतमा रहेका बिभिन्न क्रियाशील नेपाली संघसंस्था सँग हातेमालो र सहकार्य गर्दै आएको छ। भने कुवेतको नेपाली समाजमा फुटबल खेलमा पनि समाज निकै सकृया रहेको र खेलमा सभागिता जनाउदै कार्यक्रमको विवरण:-
मिति: १५ अगष्ट २०२५ शुक्र्बार
समय: दिनको ठीक १ बजे देखी
स्थान : द्वाइही प्यालेस रेष्टुरेन्टको सभाहल
आयोजक : संखुवासभा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...