Thursday 8th October 2026

कमल राष्ट्रिय सुकर्म पुरस्कारबाट साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाल सम्मानित


कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा काठमाडौंमा आयोजित साहित्यिक कार्यक्रममा रू. ५१ हजार पुरस्कार सहित सम्मानपत्र प्रमुख अतिथि नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष सम्माननीय खिलराज रेग्मीद्वारा साहित्यकार मोहन दुवाललाई समर्पण गरिएको हो । पुरस्कार समर्पणपछि सम्बोधनको क्रममा प्रमुख अतिथिले,” राष्ट्रिय जीवनमा प्रभाव पारेका व्यक्तित्वहरूको योगदान र स्मरणले सुकर्मका लागि अभिप्रेरित गर्दछ। प्रतिष्ठानले गर्दै आएको कार्यक्रम र अभियानले राष्ट्रियस्तरमै पाल्पाको पहिचान बढाएको छ ।” भन्नुभयो । कार्यक्रमको विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव अधिकारीेले,”साहित्यले सामाजिकीकरणमा प्रभाव पारेको हुन्छ र पनि सामाजिक रूपान्तरणका लागि ठूलो संघर्ष गर्नुपर्दछ ” भन्नुभयो ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानको स्थापना २०६३ सालमा पाल्पामा भएको हो । प्रतिष्ठानले शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्नुका साथै हरेक बर्ष विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गर्दै आएको छ । प्रतिष्ठानमा स्थापित एघारवटा सम्मान / पुरस्कार मध्ये डा.प्रकाश राज रेग्मीद्वारा स्थापित “कमल राज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार ” पाल्पाको इतिहासमै सबैभन्दा मोटो रकमको पुरस्कार हो । कमल राज रेग्मी राजनीतिज्ञ एवं दार्शनिक साहित्यकारको रूपमा प्रतिष्ठापित रहेका छन् । यसै सन्दर्भमा बर्ष २०८१ को पुरस्कार मोहन दुवाललाई प्रदान गरिएको हो। यसअघि साहित्यकार झपेन्द्रबहादुर जि.सी., बैधराज विश्वमान बज्राचार्य , समाजसेवी राधा भारती , कलाकार अशोक आर्ट , शिक्षाविद् बुद्धिप्रसाद शर्मा र डा. रचेल कारखलाई यो पुरस्कार प्रदान गरिसकेको छ । कार्यक्रममा कमल राज रेग्मीको परिचय र योगदानमाथि शिक्षाविद ,समाजसेवी बुद्धिप्रसाद शर्माद्वारा प्रकाश पारिएको थियोे भने कवयित्री सरस्वती अर्यालद्वारा कमलराज रेग्मीद्वारा लिखित कविता वाचन गरिएको थियोे ।

शिक्षा, साहित्य , सस्कृति, लेखन,प्रकाशन, सम्पादन,समाजसेवा, पत्रकारिता र साहित्यको सेवामा छ दशकदेखि अनवरत सेवा गर्दै आएका काभ्रेका मोहन दुवाल र जनमत प्रर्यायवाची शव्दकोदरूपमा रहेको छ ।
जनमतको व्यापकता अन्तरास्ट्रिय स्तरसम्म नै व्यापिकरण हुँदै गएको छ । कार्यक्रममा मोहन दुवालको व्यक्तित्व , कृतित्व र योगदानमाथि साहित्यकार , समीक्षक डा. रामप्रसाद ज्ञवालीद्वारा चर्चा गरिएको थियो । राजु सरकार द्वारा मोहन दुवालको वृतचित्र प्रदर्शन गरियो ।

कार्यक्रममा डा. प्रकाशराज रेग्मीद्वारा पिताजी स्व. कमलराज रेग्मीको स्मृतिमा जनमत वाङमय प्रतिष्ठान काभ्रेका लागि अक्षयकोष/ पुरस्कार स्थापनाका लागि रू. ३ लाखको चेक जनमतका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो । साहित्यकार दुर्गा अधिकारी भमरेकोटेद्वारा ‘ सुसेली सम्मान ‘ स्थापनाका लागि रू५० हजार राशीको अक्षषकोष प्रतिष्ठानका अध्यक्षलाई प्रदान गरियो।
दुर्गा अधिकारी भमरकोटेलाई विशिष्ट सदस्यता, मोहन दुवाल ,भारती श्रेष्ठ ,शान्ता शाक्य ,निलम गोंगल, रेणुका श्रेष्ठ, ऋषिकेशव वडेल,कृष्ण बहादुर के.सी. र राजभाइ प्रधानलाई आजीवन सदस्यता प्रदान गरियो ।

सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटे ,तानसेन गुठीका अध्यक्ष प्रमि श्रेष्ठ , पुरस्कृत व्यक्तित्व मोहन दुवाल, प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको कार्यक्रममा उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत ,बिष्णु गुरूङको स्वागत गीत,पुष्कर अथक रेग्मीको अध्यक्षता र दामोदर ढकाल दीपकको संचालनमा सम्पन्न भएको थियोे ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...