Thursday 8th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः देशको लागि काम …


देशको लागि काम गर्ने मान्छे तनावमा छन
भ्रष्ट र दलालले देशमा शासन गरेका छन
लुटेर खानेलाई देश चाहिदो रहेछ
दुई छाक खानलाई परदेश चाहिदो रहेछ ।।

मनमा पिर बोकेर देशमा कसरी क्रान्ति हुन्छ
शासक वर्गमा चेतना कहिले पो आउँछ
जनताको मनमा शान्ति कहिले आउँछ
कुरा मात्र ठुलो गर्छन देशमा गणतन्त्र छ ।।

जनता र देशको हितमा काम गर्ने को छ
हुकुमी शासनले देश कहिले सम्म चल्छ
मन पर्ने लुगा किन्न सकिएन
पसिनाको मुल्य कहिले पाईएन ।।

चुहिने घरको धुरी छाउन सकिएन
यो देशमा गरिबीमा बाच्न सकिन्न
टाउकेहरुले देश बर्बाद बनाउन थाले
भ्रष्ट भ्रष्ट मिलेर भ्रष्टाचारको खेती गर्न थाले ।।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...