Tuesday 29th April 2025

कुवेत स्थित दुतावास ले आफूलाई अपग्रेड किन गर्दैन ?


कुवेत स्थित नेपाली राजदुतावासमा बेतिथी को चांग लागेको छ । त्यहाँ जनशक्तिको कमी र सेवाग्राहीको चाप को व्यवस्थापन गरिन आवश्यक छ ।

स्थापनाको १५ बर्ष सम्ममा कुवेतमा नेपाली कामदार जुन रुपमा थपिएका छन त्यसले पनि त्यही संकेत गर्दछ । दुतावास भित्र जुन कक्षमा सेवाग्राही पुग्दछन त्यो कक्ष पर्याप्त देखिन्दैन । सानो कोठा मा तिनवटा काउण्टर छन तर ती काउण्टरमा लाग्ने लाईनका लागि अभिने ठाउँ देखिन्दैन । केही बेन्चहरु छन जुन बस्न का लागि पर्याप्त छैनन । डिजिटल टोकन छैन भनौ भने छ , अनि छ भनौ त्यसको कुनै अर्थ र सहि प्रयोग भएको पाईन्दैन । डिजिटल टोकन को प्रयोग सहि र व्यवस्थित हुन्थ्यो भने सवै मानिस बेच्नमा बसेर आफनो पालो कुर्ने थिए तर त्यस्तो देखिन्दैन ।

पहिलो काउण्टरमा दस्तुर बुझ्ने काम भएको देखिन्छ बाकी दुई काउण्टर लथालिंग छन । कुन मानिस ले कुन काउण्टरको लाईनमा लागे के सेवा पाउने हो त्यहाँ न कुनै जानकारी छ न कुनै कर्मचारी ले बताउछन । असरल्ल मानिसहरुको भिडलाई बेलाबेला भित्रबाट निस्केर थर्कादै एक अरबी भाषी कर्मचारीले बस्न भन्छन तर बस्ने सिट खाली देखिन्न । उनले लाईनमा लाग्न भन्दै चिच्याउछन तर लाईनमा उभिने ठाउँ हुदैन । भएका बेन्च मध्ये पनि एउटा त डयामेज भएको छ त्यही पनि जसोतसो मानिसले चाक अडयाएको देखिन्छ ।

सेवागाही मा ज्यादतर कुवेती

नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन रोक लगाएको पनि १३ बर्ष भईसकेको छ तर दुतावासको सेवागाहीहरुको चाँप विशेष गरेर तिनै मजदुरहरुसँँग सम्बन्धित सेवागाहीहरु देखिन्छन । अर्थात दुतावासले लागु गरेको नियम अनुसार आफना कामदार लिएर दुतावासमा घर मालिकहरु आफै आउन पर्ने भनिएकाले उनीहरुकै भिडभाड ले त्यो कक्ष भरिने गरेको देखिन्छ । घरेलु कामदार रोकिएको भए यतिका बर्ष सम्ममा घरेलु कामदारसँग सम्बन्धित काम दुतावासमा शुन्य जस्तै हुने थियो तर हरेक बर्ष बढदो छ । यसले के देखाउछ भने नेपालबाट सेटिंगमा घरेलु कामदार ईलिगल रुपमा पठाउने र नेपाली दुतावास कुवेतले तिनलाई आवश्यक कानूनी प्रक्रिया का लागि भिषा लगाउन सहजीकरण गरिदिने र लिगल बनाउने गरेको पाईन्छ ।

खास गरेर घर विदामा जानेहरु जो फर्कन चाहान्छन उनीहरुलाई दुतावासले नो अव्जेक्सन लेटर दिदै आएको छ । यसका लागि स्पोन्सर र कामदार दुवै दुतावास आउन पर्दछ । त्यसपछि उनीहरुलाई ईन्स्युरेन्स गरेर आउन भनिन्छ । कहाँबाट भन्ने कुरा दुतावासले तय गरेको छ । ईन्स्युरेन्स बापत १२ साढे केडी बुझाउन पर्दछ । त्यसका अतिरिक्त सर्भिस चार्ज साढे तिन केडी समेत १६ केडि बुझाउन पर्दछ । त्यो भनेको नेपाली रु ७ हजार भन्दा केही धेरै रकम हो । एक दिन त यसैमा वित्छ । दोश्रो दिन बल्लतल्ल पालो आउछ र प्रकिया पुरा गरिन्छ त्यसका लागि पुन १७ केडी अर्थात लगभग नेपाली रु ८ हजार बुझाए पछि कमसेकम तीन दिन पछि पत्र लिन का लागि आउन भनिन्छ । एउटा सामान्य सिफारिस का लागि तिन दिन सम्म धाउन पर्ने त्यसको अतिरिक्त खर्च यहाँ उल्लेख नगरौ ।

यतिका रकम र परिश्रम गरेर विदामा घर गएका घरेलु कामदार पुन कर्मभूमिमा आउदा उनीहरुले नेपालमा समेत श्रम र ईन्युरेन्स गर्न पर्ने हुन्छ । उनीहरुले घर जान पहिले कुवेतमा गर्न पर्ने खर्च र फर्कदा नेपालमा गर्ने खर्च ले एक महिनाको कमाई सिद्धयाई दिन्छ । यस्तो दोहरो मापदण्ड किन ? दुतावासले यो सबै खर्च स्पोन्सरले गर्ने हो भन्ने तर्क गर्ने गरेको सुनिन्छ तर उनीहरुको पारिश्रमिक बाट काटिने गरेको गुनासो प्रसस्तै छ र यसलाई कसैले लगाम लगाउन सक्दैन । राम्रो स्पोन्सर एकाध भए त्यो बेग्लै कुरा हो ।

फोटो कपी
लामो समय देखि नेपाली संघ सँस्थाले उठाउदै आएको आवाज हो दुतावासमा सेवागाहीको लागि फोटोकपी मेसिनको व्यवस्था हुन परर्यो । तर यो कुरा लाई अहिले सम्म का चारै जना राजदुत को पाथामिकतामा परेन । कपी गर्न का लागि आसपासमा कुनै दोकान छैनन । मानिसहरुको यो अप्ठारो बुझेर होला दुतावासको गेटमा टयाक्सि ड्राईभरहरु रैथाने भएर घुमिरहेका हुन्छन । उनीहरुको कमाईको श्रोत बनेको छ दुतावास । ईन्स्युरेन्स गर्न होस वा एक सय फिल्स को फोटो कपी लिन होस सेवाग्राहीले दुई तिन दिनार खर्च गरेर जामिया अर्थात बजार सम्म जान बाध्य छन । यसले उनीहरु को समय र पैसा दुवै खर्च भईरहेको छ । यहि चक्करमा एक दिनमा हुने काम का लागि दुई दिन धाउन पर्ने हुन्छ । जब ९ बजे विहान खुलेको दुतावास दिउसो एक बजे सेवाग्राहीहरुको लागि बन्द हुन्छ तब उनीहरु दुतावासको गेटबाट फर्कनु को विकल्प हुदैन । सेवाग्राहीको काम लाई किन यति बोझ सम्झेको हो बुझन सकिन्न ।

क्यास र की-नेट

प्राय मानिसहरु क्यास बोन्दैनन । कुवेतमा सेलरी क्यासमा दिन मनाई छ । सवै को लेबर एकाउण्ट हुन्छ र सवैसँग एटिएम कार्ड हुन्छ । तर नेपाली दुतावासले कि नेट बाट पैसा बुझदैन । अहिले को जमनामा हरेक साना भन्दा साना दोकानमा एटिएम कार्डबाट कारोवार हुन्छ तर नेपाली दुतावासबाट बाट हुन सक्दैन ? कुवेतमा उपचार गर्न अस्पताल जादा क्यास चल्दैन । की नेट बाट मात्र भुत्तानी गर्न पर्दछ तर हाम्रो दुतावासमा की नेट चल्दैन क्यास नै चाहिन्छ । हामी कुन युगमा छौ ? कि नेट बाट हुने भुक्तानीमा राजस्व चुहावट हुने सम्भावना पनि रोकिन्छ तर क्यासमा जे पनि हुन सक्छ । यो त नेपालका ट्राफिक प्रहरी ले चिट काटेको पैसा को दुई तिहाई खल्तीमा हाले जस्तै भएनर ?

बायोग्राफी को व्यवस्थापन भएछ
पासर्पोट नविकरण गर्न धाउने हरुका लागि त्यो साँगुरो कक्षबाट हटाएर दुतावासको सभा हलमा बायोग्राफीका लागि सारिएको रहेछ । त्यसले सेवाग्राही कक्षको भीडभाड लाई घटाएको हुदैनथ्यो भने त्यहाँ जात्रा हुने रहेछ । धन्य अलिकती चाप त्यसले घटाएको देखिन्छ ।

कन्सुलर सेवा
सामान्य भन्दा सामान्य मानिसको अलमल लाई सहि सल्लाह दिएर सहज गर्न पर्ने काममा कुनै पनि कर्मचारी खटाएको पाईन्दैन । सेवाग्राही कक्षमा एक जना कर्मचारी खटिने हो भने धेरै मानिसहरुका समस्या काउण्टरको आँखी झयाल सम्म पुग्नै नपर्ने हुने थियो । भिडभाडमा घण्टौ उभिएको मानिस काउण्टरको झयालमा पुगेर केही कुरा सोध्छ अनी मात्र उसले कस्तो प्रकिया र कागजात ल्याउन पर्ने हो थाहा पाउछ । त्यो पनि भीडभाडले गर्दा उधुरो जानकारी लिएर फर्किन बाध्य हुन्छ ।

ठुला कर्मचारी माथिल्लो तलमा घुम्ने कुर्शीमा बसेका हुन्छ त्यहाँ सम्म सर्वसाधरणको पहुच पुग्दैन । उनीहरुलाई माथि जान दिईन्दैन । माथि जान खोज्यो भने एप्रुभल छैन भन्ने जवाफ तब बाट दिईन्छ । एप्रुभल पाउने कसरी ? बल्ल तल्ल फोन नम्बर पत्ता लगाएर फोन गरे पनि तिनको फोन उठ्दैन । उनीहरुसम्म सिधा पहुच त मेनपावर व्यवशायी को मात्र हुने रहेछ । लेखक ले एउटा सानो काम का लागि तीन दिन सम्म धाउन परेको पिडा यस लेखमा मिसिएको छ ।

फोहर मैला उस्तै
दुतावासका झयालका सिसा बर्षौ देखि उस्तै छन । त्यहाँ कहिल्यै सफाई गरेको देखिन्दैन । बाथरुम को अवस्था त झनै चर्को छ । हेन्ड टावल राख्ने ठाउँमा फोहर पोचा झुण्डयाईएको देखिन्छ । तस्वीर मा हुर्न सक्नु हुन्छ । नेपाली दुतावास मा लिईने चर्को शुल्क र कमजोर सेवा बीच कतै तालमेल छैन । कर तिरे पछि सुविधा पनि दिन पर्दछ भन्ने हेक्का कसैलाई छैन । जस्तो नेपालको बेतिथी त्यही रोग कुटनैतिक नियोगहरुमा देख्द सकिन्छ । एउटा सानो काम गर्न दुई तिन दिन धाउदा हुने खर्च र दुःख को कुरा मात्र होईन उसले काम नगरेका दिन को तलब पनि गुमाई रहेको हुन्छ । कुवेतमा रहेका दर्जनौ सँघसस्थाले दुतावास भित्र का यी सामान्य लाग्ने तर पिडैपिडाका पहाडहरु सम्याउन किन दवाव दिदैनन । यात उनीहरु को कुरा को कुनै सुनुवाई नभएर हो बुझन सकिएन । सेवाग्राहीहरु ठोकिने पहिलो कक्षमा जाने सिढीका टायल्सहरु फुटेका छन । कुनै पनि बेला फलामे सिढिको फ्रेम मा अढयाएका टायल्स खस्न सक्छन । हिड्दा हल्लिन्छन र ठाउँ छोडन खोज्दछन । त्यहाँ कुनै पनि दिन दुर्घटनाको खतरा छ ।

एक लाख भन्दा धेरै नेपाली कामदार रहेको कुवेतमा घरेलु कामदारको संख्या पनि बढेको बढयै छन । कति जेल मा छन, कति अस्पतालमा छन ? कति कम्पनीमा तलब को समस्या छ । कति कम्पनीमा छुट्टी पनि समयमा पाईन्दैन । कयौ अन्याय को शिकार भएका छन । कानूनी लडाई लडने हैसियत राख्दैनन । दुतावास हाम्रो साथ मा छ केही गर्दछ भनेर विश्वास समेत गर्न छाडेका छन । दुतावास धाएर न्याय पाईएला भनेर सन्देश जान सकेको छैन । हाम्रा दुतावासहरु । ६० देखि ८० केडिमा कुवेत आउने कामदारहरुले मेनपावरलाई बुझाउने २ लाख भन्दा रकम को विषयमा जानकार छन ? तिनको विषयमा त कतै चर्चा नै हुन छाडेको छ । होस पनि कसरी उनीहरुकै कनेक्सन सबैभन्दा मजबुद हुने गर्दछ । के यसरी नै चल्ने हो ?


सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचनका लागि पहिलो लिस्टमा ६२५ जनाको मतदाता नामावली प्रकाशित गरेको छ ।…

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन्। साथै प्रति बोतल…

चर्चित गायक प्रकाश दूतराज अब नेपाली चलचित्रमा देखिने भएका छन । प्रकाशको यो नै डेब्यु चलचित्र हो जुनमा उनको शिर्ष…

प्रतिकृयाहरू
...