Monday 12th January 2026

मिश्र र प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति


रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र राजाबादी आन्दोलनका तत्कालिन कमान्डर दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । गत चैत्र १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २५ जनालाई थप सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले अनुमति दिएको हो ।
उनीहरुलाई थप अनुसन्धानका निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) बमोजिम ७ (सात) दिन म्याद थप गरिदिएको अदालतले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...