Thursday 26th February 2026

कांग्रेस सभापति देउवा भन्छन:- सत्ता गठबन्धन बीच कुनै बिबाद छैन


पुर्वप्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको कुराकानीमा अहिलेको सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।
सत्ता गठबन्धनबिच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो कुनै प्रकारको समस्या नरहेको सभापति देउवाले बताए । सत्ता समीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाई रहेकोछ । सभापति देउवा परराष्ट्रमंत्री समेत रहेकी श्रीमती आरजु राणा सहित –परिवारै थाइल्यान्ड भ्रमणमा गएका थिए ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...