Tuesday 15th July 2025

निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श


पाल्पा साहित्य समाजको आयोजनामा साहित्यकार भागवत खनालको निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षाविद् डा. रामप्रसाद ज्ञवाली प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रमुख अतिथिले “भागवत खनालको कृतिमा जीवन वोध रहेको र सबैका लागि उपयोगी एवं प्रेरणादायी रहेको” भनी बताउ भयो । निबन्ध सङ्ग्रहमाथि साहित्यकार डा. टंकप्रसाद पन्थ र समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा चर्चा परिचर्चा सहित समीक्षा गरिएको थियोे ।

नेपाली लेखक संघका अध्यक्ष गोबिन्द खनाल,कालीगण्डकी करिडोर योजना प्रमुख कल्पना अधिकारी , विशिष्ट अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।लेखक भागवत खनालद्वारा धन्यवाद सहित मन्तव्य राखिएको थियो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार चित्रवलीराम सुवाल र कार्यक्रम संचालन सचिव सविता भट्टराईद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...