Sunday 1st November 2026

लघु कथा: अप्रिल दिवस


कमला देवकोटा, पाल्पा

हैन कति सुतिराखेको कस्तो खबर आयो सुन्नुन। आत्तिंदै रिताले भनिन् । हँ के भएछ र?रितेसले सोधे।
खै के जान्नु प्लेन बाट उत्रेर गाडीमा बसेका हजुरका भाइ बुहारीको गाडी एसिडेन्ट भएछ रे। चालक सहित तीन जना बेपत्ता भएरे।
ओहो लौ लौ बर्बादै पो भयो त रितेस अत्तालिंदै ज्याकेट भिरेर बाहिरिए। रिताले भनिन् । औषधि खानै थियो ल म पनि जान्छु। यी खाईहाल्नु त बोटल तेर्स्याईन्।
कस्तो देख्नु पर्नेहो , कहाँ गए भन्दै बर्बराउँदै बाहिरिए।
उनीहरुको बाईक बाटैमा ढल्यो। दुबै उछिट्टिए। उता बाट आवाज आयो ओहो कस्तो बज्रपात एक माथि अर्को।
आजै पल्लो घरका कान्छा कान्छी पनि एसिडेन्टमा परेको खबर छ। ढाँट्ने समाचारले छापेछ। यो त साँचिकै घटना पो भयो। ए हो र कस्तो बदमासी। घटनास्थल बाट सकि नसकी उठेका जोई पोई ले भन्दै थिए। अर्काको सिको गर्ने देशका जनताले कहिल्यै सुख पाउने भएनन् । आज हामी पनि हतार गर्दा यसैको सिकार भयौँ।अप्रिल फस्ट मु्र्दाबाद।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...