Monday 10th March 2025

परदेशी कथा – १


नारायण कोइराला – उनी झोला बोकेर घर प्रवेश गरिन।घर सुन्दर बनावटको थियो। घरभित्रको सजावट झनै राम्रो र आकर्षक थियो।त्यो घरमा एउटा कोठा थियो।उनको प्रवेशसँगै झिलिमिली भयो। सँगै आएको मानिस कोठा देखाएर फर्किसकेको थियो।जीवनमा कार चडेर आएको अनुभवलें उनी कताकता जिल्ल पनि थिइन्। सामान्य घरकी उनी आज एकाएक यत्रो घरमा पस्दा अचम्म हुनु स्वाभाविक थियो।कोठा वरिपरि हेरिन।कोठाको एकतर्फ झ्याल थियो।झ्यालमा लागेको पर्दा हटाउँदै बाहिरको दृष्य हेरिन र जिब्रो टोकिन।ठूला-ठूला भवन,व्यस्त सडक,सफा र सुन्दर सहर।उनलाई सपनाको शहर जस्तो लाग्यो।ढोकामा टक- टक आवाज आयो उनले ढोका खोलीन।उनको लागि खाना रहेछ। खाना समाएर भित्र पसिन। थालभरी भिविन्न थरीका खाना थिए।उनको मनले आफूले छोडेको घर सम्झिन।आमाबाबाको अनुहार खानामा आएजस्तो महसुस गरिन।एकछिन टोलाइन्।टाढा भएपछि के गर्नु ? आफ्नो बाध्यता बुझिन्।खाना खाईन्।धेरै दिनपछि यति मिठो खानको स्वाद उनको जिब्रोमा आयो।मनमा खुसी छायो। आमाबुबाको तस्बिर झोलाबाट निकालेर हेरिन।मुसुक्क मुस्कुराइन्। खाटमा फर्लुङ पल्टिइन्।
रात झम्मक बढ्दै थियो। रात बढेपनि झ्यालको छिद्रबाट उज्यालो उनलाई चियाई रहेको थियो। खाटबाट उठिन्।बाहिर हेरिन।ओहो!यहाँ त रातपनी दिन जस्तो हुँदोरहेछ।कति रमाइलो।सपना हो कि,विपना हो जस्तो लाग्यो।यात्राको थकानले शरीर गलेपनी सपनाले बिउँझीदैं थिएन।मनमा अनेक कुरा खेल्दै थिएँ।सपना आफ्नो मात्र थिएन।आमाबुबाको पनि थियो।आँखामा धरधरी बगेको आँखाको आँसु अनुहारमा झल्किएको थियो।त्यो आँसुको मुल सुकानु पनि उनको सपना थियो।अनि घरबाट निस्कँदा गाउँलेहरूले काटेका कुराको जवाफ दिन नसकी आएकी थिइन्।त्यो जवाफपनि आफु सफल भएर दिनु थियो।बाहिर उज्यालो शहर भएपनि कोठा बिस्तारै आधरो हुँदै गयो।उनका आँखामा निन्द्राको तागत बढ्यो।आँखाहरू बन्द भए।उज्यालो मतलब भएन। निन्द्राले जित्यो।कोठा सुनसान भयो।

बिहान उठ्ने बित्तिकै उनी हातमुख धोइन्।अनुहार ऐनामा हेरिन।भर्खर बीस बाइस वर्षको अनुहार ऐनामा हँसिलो,भरिलो र कसिलो देखियो। ढोकामा टकटक आवाज आयो। हत्तपत्त आफूलाई समाल्दै ढोकामा पुगिन्।ढोकामा उभिएकी महिलाले उनलाई लिएर गइन्। के के भनिन् ,उनको कानले सुनेपनि मस्तिष्कले राम्रो संग बुझेन।उनी सँगै भान्छा कोठा थित्र पसिन्। भान्छा कोठामा अर्को एक जनाले काम गर्दै थिइन्।त्यही सँगै छोडेर उनी सँगै आउने महिला बाहिर निस्किन।भान्छा कोठाको सजावट देखेर उनी अलमल्ल परिन्।यस्तो पनि भान्छा कोठा हुँदोरहेछ।मनमनै सोचिन्।भान्छाको बाहिर पट्टी हलमा थुप्रै केटाकेटी तछाड-मछाड गर्दै लड्दै थिए।भान्छामा रहेकी अर्की साथिले उनलाई केही काम दिईन्। चम्चमाउँदो भान्छामा पहिलो पल्ट चक्कु समातेर तरकारी काट्न थालिन्।चक्कु धेरै धारिलो थियो। धन्नै हात काटेको। सँगै भएको साथिले ध्यान दिन भनिन्।उनले मुन्टो हल्लाइन। हलमा बसेका केटाकेटीहरुको आवाजले उनको मन तानीरहेको थियो। घरीघरी ती केटाकेटी देखेर आफ्नो बालापन सम्झन्थिन। माजेरीमा गाउँका साथीभाई संग लडेको,त्यो दिन उनीबाट टाढा भइसकेको थियो।उनको अगाडि अब काम बाहेक केही थिएन। घर छोडेको नै काम गर्न हो भन्ने मनमा हुँदाहुँदै पनि यति बढी काम होला जस्तो लागेको थिएन।भान्छा भरी थुप्रिएका जुठा भाँडाहरू।लथालिङ्ग छरिएका जुठोहरु।उनका नरम हातले समाल्दै थिए।समय अगाडि बढ्दै थियो। रात छिप्पिँदै थियो।उनको काम भने सकिएको थिएन।

रात बितेर दिन आउँथ्यो।दिन बितेर रात।थकानले कुन रात हो। कुन दिन हो।थाहा नै हुन छोड्यो।कामको बोझले कम्बर दुख्न थाल्यो।हात खुट्टामा सिल्का हान्न थाल्यो।आँखाबाट आँसु बग्न खोज्यो।हातका छाला गए। कहिलेकाँहि त काम छोडेर भाग्ने हो कि भनेर पनि सोचिन्।तर,जाने कहाँ?प्रदेशको ठाउँ न हातमा पैसा छ न पासपोर्ट।समस्या सँग लड्दै गर्दा मनमा आत्म हत्याको सपना पनि देखिन।आत्म हत्याको सपना भन्दा आमा बुबाको दुःखको सम्झनाले उनलाई आत्मा हत्या गर्नबाट रोक्यो। आमाबुबा सम्झिईन्।आमा बुबाको सपना सम्झिईन्। म बाँच्नु पर्छ भन्ने हिम्मत जुटाई।काम तिर ध्यान दिइन। हिम्बत जुटाएर काम गरिरहिन्।

समय बित्दै गयो।सबै काम सिक्दै गइन् काम सजिलो हुँदै गयो।उनको मिहिनेत देखेर काम गर्ने घरका सबै खुसी हुन थाले।प्रदेशमा काम नै माया हो भन्ने देखाउन सफल भइन्। कहिल्यै काम बढी भयो भनेर भनिनन्।उनको हिम्वत बढ्दै गयो।आजभोलि घरमा आमाबुवा खुसी हुनुहुन्छ। अनि,विदेशी भूमिमा उनी।


तानसेन पाल्पा
हाल-कुवेत


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - उनी झोला बोकेर घर प्रवेश गरिन।घर सुन्दर बनावटको थियो। घरभित्रको सजावट झनै राम्रो र आकर्षक थियो।त्यो घरमा…

संघीय राजधानीको काठमाडौंमा हजारौं नागरिकले राजतन्त्र पुर्नस्थापनाको पक्षमा प्रदर्शन गरेका छन् । राप्रपा र राप्रपा नेतासहितका दल तथा विभिन्न संघसंस्थाको…

राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था…

प्रतिकृयाहरू
...