Saturday 17th October 2026

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने


कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको कार्यकारीहरूको बैठकले सो निर्णय गरेको संस्थाका सल्लाहकार नबराज पराजुलीले जानकारी दिएका हुन् ।

“हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिदै आएको छ भने भलिवल खेलमा समाजको भलिबल टिम अग्रणी स्थानमा रहेको छ ।

समय समयमा सांस्कृतिक कार्यक्रमहरू समेत अायोजना गरेर नेपाली समाज कुवेतलाइ भरपुर मनोरन्जन समेत प्रदान गर्दै अाएको यस संस्थामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका जो कोही पनि युवाहरू अावद्द हुन सकिने लचकता भएकोले पनि यस संस्थामा जोडिने युवाको संख्या दिनानुदिन बढ्दो छ भने संस्थालाइ समय सापेक्ष विकसित र परिमार्जित गर्दै लैजाने क्रममा चाैथो अधिवेशन गर्न लागिएको जनाउँदै अधिवेशन समारोहलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि समाजले अनुरोध गरेको छ साथै उक्त दिन अन्य कार्यक्रमहरू नराखि दिन पनि कुवेतमा कृयाशिल संघ संस्था लगायत सरोकारवाल सबैलाइ समाजले अाग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...