Saturday 31st October 2026

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने


कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको कार्यकारीहरूको बैठकले सो निर्णय गरेको संस्थाका सल्लाहकार नबराज पराजुलीले जानकारी दिएका हुन् ।

“हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिदै आएको छ भने भलिवल खेलमा समाजको भलिबल टिम अग्रणी स्थानमा रहेको छ ।

समय समयमा सांस्कृतिक कार्यक्रमहरू समेत अायोजना गरेर नेपाली समाज कुवेतलाइ भरपुर मनोरन्जन समेत प्रदान गर्दै अाएको यस संस्थामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका जो कोही पनि युवाहरू अावद्द हुन सकिने लचकता भएकोले पनि यस संस्थामा जोडिने युवाको संख्या दिनानुदिन बढ्दो छ भने संस्थालाइ समय सापेक्ष विकसित र परिमार्जित गर्दै लैजाने क्रममा चाैथो अधिवेशन गर्न लागिएको जनाउँदै अधिवेशन समारोहलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि समाजले अनुरोध गरेको छ साथै उक्त दिन अन्य कार्यक्रमहरू नराखि दिन पनि कुवेतमा कृयाशिल संघ संस्था लगायत सरोकारवाल सबैलाइ समाजले अाग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...