Monday 10th February 2025

कल्याणकारी टिम ‘ए’ बन्यो “कल्याणकारी-मुजैनी कप २०२५” को विजेता


कल्याणकारी नेपाली युवा समाज कुवेतले हाला फेब्रुअरी महिनाको अबसर पारेर अल मुजैनी एक्सचेन्जसँगको सहकार्यमा अायोजना गरेको “कल्याणकारी-मुजैनी कप अन्तर-नेयाली भलिबल प्रतियोगिता-२०२५” को उपाधि अायोजक घरेलु टिम कल्याणकारी भलिबल टिम ‘ए’ ले जितेको छ । गत शुक्रबार ७ फेब्रुअरी २०२५ का दिन मंगाफ स्थित फाहाहिल नयाँ रंगशालामा सम्पन्न फाइनल खेलमा निरेम भलिबल टिमलाइ पराजित गर्दै कल्याणकारी भलिबल टिम ‘ए’ प्रथम भएको हो । जित सँगै कल्याणकारी भलिबल टिम ‘ए’ ले नगद पुरस्कार २५१ केडी को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगितामा उपविजेता बनेको निरेम भलिबल टिम दोश्रो र कल्याणकारी भलिबल टिम ‘बी’ तेश्रो भएका थिए । दोश्रो हुन टिमलाइ १५१ केडी नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र तथा तेश्रो हुने टिमलाइ नगद ७५ केडी मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा विभिन्न ९ टिम प्रतिस्पर्धमा उत्रिएका थिए भने उत्कृष्ट खेलाडीहरू (बेष्ट प्लेयर, बेष्ट लिबेरो, बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट ब्लकर)लाइ ट्रफी मेडलले पुरस्कृत गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

प्रतिकृयाहरू
...