Friday 14th February 2025

पाल्पामा साहित्यकार मोहन दुवाल सम्मानित


साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान गरेको छ । सम्मानित भइसकेपछि सम्बोधनको क्रममा प्रमुख अतिथि दुवालले भन्नुभयो ,” फलको आशा नगरी कर्म गर्नुपर्दछ । विना अपेक्षा प्राप्ति भएको सम्मानले आनन्द र हौसला दिन्छ । पाल्पाको साहित्यलाई पाल्पा साहित्य समाजले उचाईमा पुर्याउनु भएको छ ।”

समाजद्वारा आयोजित साहित्यिक कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएका दुवाललाई पासासका अध्यक्ष पुष्कर अथक रेग्मी र संरक्षक राजेन्द्र गोपाल सिंहद्वारा सम्मान गरिएको हो ।

साहित्यकार मोहन दुवालले वि.सं.२०१८ देखि साहित्य सेवा , २०२७ सालदेखि पत्रकारिता र २०२९ सालदेखि सामाजिक सेवामा आफूलाई समर्पित गराउदै आएका थिए । उल्लेखित क्षेत्रमा गरिएको योगदानको कदर स्वरूप पासासले दुवाललाई सम्मान गरेको हो । पाल्पा साहित्य समाजले समय सापेक्ष रूपमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको छ । समाजका सल्लाहकार चित्रवलीराम सुवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा तानसेन गुठीका अध्यक्ष शकुन्तला बज्राचार्य , साहित्यकार सीताराम घिमिरे , पत्रकार /साहित्यकार धातानन्द शर्मा , पोखराथोक साहित्य संगमका पूर्व अध्यक्ष हरि भट्टराई , पासासका संरक्षक राजेन्द्र गोपाल सिंहर विशिष्ट अतिथि पत्रकार सेनानी मेघराज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । पुष्कर अथक रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रम सचिव सविता भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन/जेरुसेलम: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको प्रतिध्वनि गर्दै, जियोनिस्ट संस्थाले मंगलबार धम्की दिएको छ कि यदि यस सप्ताहन्तमा कुनै पनि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अवैध आप्रवासीहरू विरुद्धको कारबाही तीव्र पारिएको छ। हिरासत केन्द्रहरू भरिएका छन्। अवस्था यस्तो छ कि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले प्यालेस्टाईनीहरुलाई जोर्डन र ईजिप्टमा स्थानान्तरण गराएर गाजाँ लाई के गर्न चाहान्छन भन्ने कुरा रहस्य मै…

प्रतिकृयाहरू
...