Tuesday 6th October 2026

लघुकथाः घरेलु हिंसा -कमला देवकोटा,


उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त माईती गएको पो भन्थिन् उमा।कहिले आउनुभो?छैन कहिँ गएकी कोठामै थिएँ।
उमा छैनन् कि ? खै कतै गएकी होलिन् आउलिन् नि।
आज किन यति चाडो आईस् त बाबू अफिस बाट?
किन किन के सबै कुरा भन्नू पर्ने तपाईंलाई मैले?। होईन नभनि राख भन्दै आमा दुखित भै बाहिर गइन्।
यस्ता दिन त उनको लागि सामान्य नै थिए। हस्याङ फस्याङ गर्दै उमा घर पसिन्। पसिनाले निथ्रुक्क भएकी पत्नी तिर हेर्दै उनले सोधे।कहाँ गएकी थियौ उमा ? तिमी नहुँदा त यो घर सुन्सान पो भयो ।मेरो लागि कति महत्वपुर्ण मान्छे तिमी । म फसेँ बुढा बचाउनुस् अब प्रहरीले मलाई खोज्दैछ रे। हँ किन के गर्यौ र तिमीले?के भनुँ बुढा तिमी एक हप्ता टुरमा गएदेखी मैले आमा लाई खान नदिइ कोठामा थुनेर राखेकी थिएँ।
हिँजो ओडामा हाम्रै बारे ठूलो बहस भाथ्यो रे, भर्खरै मात्र चमेलीले भनेकी। अब म के गरुँ? ।
नभन्दै महिला हिंसाको अभियोग मा पक्रन प्रहरी जमात आयो। हप्ता देखि खान नपाएकी दुखी दुर्बल आमा गह भरी आँसु लिँदै अगाडि के आएकी थिइन् , उमाले लुछा चुँडी गर्दै पछार्दै भनिन् ।लैजाओ यसैलाई हाम्रो घर तहस नहस गर्नेलाई।
प्रहरी अगाडि बढ्दै भन्यो हो अब पालो कस्को हो तेहिँ पुगेपछी थाहा हुन्छ।
महिला प्रहरीले उमालाई समातेर।भ्यानमा हाले।आमाले सुँक्क सुँक्क गर्दै भनिन्।
बाबू हो मलाई लैजानुस् यी बुहारी निर्दोष छिन् छाडिदिनुस्। गाउँले हरु कुर्ले हैन आमा पाप धुरी बाट कराएको हो तपाईं चुप लाग्नुस् ।
अब अन्यायको पर्दाफास हुनेछ।

-पाल्पा


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...